लायन्स क्लब अफ बुटवल शान्तीदिपले तिलोत्तमा नगरपालिकामा रहेको कानुन र बन बिज्ञान सम्बन्धी पढाई हुने लुम्बिनी एकीकृत एकेडेमीका बिद्यार्थी लाइ उद्धमशिलता सम्बन्धी अभिमुखिकरण तथा अन्तर्क्रीया कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स क्लव डिष्ट्रकका सल्लाहकार तथा उधमशिलता सम्बन्धी प्रमुख प्रशिक्षक मुकुन्द ज्ञवालीले त्यहाँका बिद्यार्थी संग करिब दुइ घन्टा प्रशिक्षण तथा अन्तर्क्रीया गरेर नविनत्तम सोचलाई कसरि छिटो उद्धमशिलता संग जोड्ने र आत्मनिर्भर बन्ने बिषयमा जानकारि गराएका थिए ।
प्रमुख अथिति अन्तराष्ट्रिय लायन्स क्लव जिल्ला परिषद ‘३२५ पि’ का डिष्ट्रक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्नले लायन्स क्लवको बारेमा जानकारी दिदै सामाजिक उत्तरदायीत्व यसको प्रमुख उदेश्य रहेको बताएका थिए ।
शान्तीदिपले आयोजना गरेको उक्त कार्यक्रमको बारेमा प्रशंसा गर्दै सामाजिक सेवाको कार्य अन्तर्गत युवा बिद्यार्थीको क्षमाता अभिबृदि गर्ने उदेश्यका साथ गरेको कार्यक्रमले लायन्स क्लब लाई अझै उचाईमा पुर्याउन मद्धत गरेको भन्दै आभार प्रकट गरेका थिए ।
बिगतमा बृक्षरोपण, रक्तदान तथा विभिन्न खालका आश्रममा खाद्य बस्तु प्रदान गरेर सेवा गरेकोमा अब देखि यस्ता खालका प्रशिक्षण तथा सिकाइ सम्बन्धी कार्यक्रम हरुलाइ पनि जोडेर लायन्स क्लव लाई युवा बिद्यार्थी संग परिचीत गराउने र उनिहरुको क्षमाता अभिबृदिमा सहयोग पुग्नेखालका कार्यक्रम लाई निरन्तरता दिने लायन्स क्लव अफ बुटवल शान्तीदिप २०२४/०२५ का अध्यक्ष बिशाल पन्थीले बताएका छन ।
एकेडेमीका निर्देशक अशोक कुमार मल्लिकले कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रममा शान्तिदिपका अन्य पदाधिकारी सदस्य तथा लायन्स डिष्ट्रकका अन्य नेता र एकेडमीका प्रध्यापक हरुको पनि उपस्थिति रहेको थियो ।क्लवका उपाध्यक्ष प्रकाश अधिकारिको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको पहिलो शत्र सचिव लक्ष्मी नारायण खनालले र दोश्रो सत्र सहसचिव जालन्धर भुसालले चलाएका थिए ।