युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

लुम्बिनी प्रदेशले पूर्वभिआईपीलाई दिँदै आएको सेवा सुविधा फिर्ता गर्यो

लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्ति (भिआईपी)लाई दिने सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको छ।

२०७९ भदौ ३१ को मन्त्रिपरिषद् बैठकबाट पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय भएको थियो। यो निर्णयका आधारमा पूर्व मुख्यमन्त्री तथा सभामुखले सेवा सुविधा लिँदै आएका थिए।

यस अन्तर्गत पूर्व विशिष्ट व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा लिँदै आएका थिए। तर, आज बसेको मन्त्रिपरिषद बैठकले त्यस निर्णयलाई खारेजसहित प्रदेश सरकारले आफ्ना मन्त्रीहरूलाई आचारसंहिता लागु गर्ने निर्णयसमेत गरेको छ।

सरकारका प्रवक्ता दिनेश पन्थीका अनुसार आजको बैठकले कर्मचारी संगठन ओएनएम पास गर्ने निर्णय गरेको छ।

बैठकले १२ जिल्लामा पर्यटन कार्यालयको सेवा सञ्चालन गर्ने, घरेलु तथा साना उद्योग कार्यालयलाई पर्यटन कार्यालयकोसमेत जिम्मेवारी दिने निर्णय गरेको पन्थीले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित