मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

फाइल रोकेको भन्दै लुम्बिनीका सांसद पन्थीले लेखे प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई खुल्ला पत्र

आफूहरुले पेस गरेको फाइल लामो समय रोकेर राखेको भन्दै लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री समेत रहेका प्रदेशसभा सदस्य विष्णु पन्थीले आक्रोश पोखेका छन् । कपिलवस्तुका प्रदेशसभा सदस्य पन्थीले सामाजिक संजालमा स्टाटस लेख्दै आक्रोश व्यक्त गरेका हुन् ।

पन्थीले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई सामाजिक संजालबाटै खुल्ला पत्र लेखेका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयबाटै हुनुपर्ने कामलाई काठमाडौं तानेर अनावश्यक दुःख दिएको उनले उल्लेख गरेका छन् । उनले आक्रोश ब्यक्त गर्दे लेखेका छन्, ‘देशको ढुकुटीबाट भत्ता खाएर १७ महिनादेखि २१ पटक अध्यक्ष एजाज आलम र म पालैपालो धाउँदा समेत फाइलको टुङ्गो अझै नलागेर घुम्दै छ । कति घुमाउन सकेको हो ? अब हामी कपिलवस्तुका किड्नी पीडितको तर्फबाट सर्बोच्च अदालतमा मुद्दा हाल्ने तयारीमा छौ ।’

उनले हाम्रो सुशासन खै कता छ ? संघीयता खै कता छ ? यो स्वास्थ मन्त्रालयले के काम गर्छ ? स्वास्थ सेवा ? बिभाग हो कि दुःख हो अनि यहाँ के काम हुन्छ ? एउटा नमूना फाइल (कपिलवस्तु डायलासिस सेन्टर) ले हामी कुन दुनियाँमा छौ ? किन हामी दुनियाँमा झनझन पछि पर्दै छौ ? हाम्रो ब्युरोक्रेसीको कामको नमूना आदि धेरै कुरा प्रष्ट पार्छ । लेखक लाई कथा छ, पत्रकारलाई रोचक समाचार छ, वकिललाई मुद्दा र बहस छ । अख्तियार र सतर्कता केन्द्रलाई कामको मेलो छ । उनले आक्रोश पोखेका छन् ।

बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पश्चिम क्षेत्रका मिर्गौलाका बिरामीहरुलाई उपचारमा समस्या भएपछि रोटरी क्लवको सहयोगमा कपिलबस्तुको बाणगंगामा कपिलबस्तु सामुदायिक डायलासिस सेन्टर स्थापना गरेको थियो । बाणगंगा जेसिसको भवनमा ५ करोड लगानीमा स्थापना गरिएको डायलासिस सेन्टरमा १० वटा डायलासिस मेसिनले परीक्षण उपचार समेत सम्पन्न गरीसकेका छन् ।

तर स्वीकृतिको फाइला स्वास्थ्य सेवा बिभागका कर्मचारीले बिभिन्न बाहाना देखाएर अगाडी नबढाएपछि सांसद पन्थीले आक्रोश पोखेका हुन् ।

पन्थीले लेखेको खुल्ला पत्र यस्तो छ–
सम्माननीय प्रधानमन्त्रीज्यु लाई जानकारी र माननीय स्वास्थमन्त्री प्रदीप पौडेलज्यु, स्वास्थ सचिब रोशन पोख्रेलसहित जम्बो सचिब (५जना) टीम र निर्देशक संगिता कौसल मिश्रका नाममा खुला पत्रः हाम्रो सुशासन खै कता छ ? संघीयता खै कता छ ? यो स्वास्थ मन्त्रालयले के काम गर्छ ? स्वास्थ सेवा ? बिभाग हो कि दुःख हो अनि यहाँ के काम हुन्छ ? एउटा नमूना फाइल (कपिलवस्तु डायलासिस सेन्टर) ले हामी कुन दुनियाँमा छौ ? किन हामी दुनियाँमा झनझन पछि पर्दै छौ ? हाम्रो ब्युरोक्रेसीको कामको नमूना आदि धेरै कुरा प्रष्ट पार्छ । लेखकलाई कथा छ, पत्रकारलाई रोचक समाचार छ, वकिललाई मुद्दा र बहस छ । अख्तियार र सतर्कता केन्द्रलाई कामको मेलो छ । प्रदेश स्वास्थ मन्त्रालयबाटै हुनुपर्ने कामलाई काठमाडौं तानेर अनावश्यक देशको ढुकुटीबाट भत्ता खाएर १७ महिनादेखि २१ पटक अध्यक्ष एजाज आलम र म पालैपालो धाउँदा समेत फाइलको टुङ्गो अझै नलागेर घुम्दै छ । कति घुमाउन सकेको हो ? अब हामी कपिलवस्तुका किड्नी पीडितको तर्फबाट सर्बोच्च अदालतमा मुद्दा हाल्ने तयारीमा छौं । आशा छ यो मुद्दाले नेपालमा फाइल अड्कने घुम्ने काम र संघीयतामा सुधार हुनेछ, किड्नी पीडितले न्याय पाउनेछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित