तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा २७ वर्षीया सुश्मा श्रेष्ठको मृत्यु

बुटवल । बुटवलको बेलबासमा सडक दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।
बुटवलबाट पश्चिम तर्फ जाँदै गरेको बलेरो जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटनामा हुँद्या एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका ११ देविनगर बस्दै आएकी २७ वर्षीया सुश्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ।
श्रेष्ठ मुर्गिया बाट लु ८७ प ४५७३ नं. को स्कुटरमा बुटवल तर्फ आउँदै थिईन । बुटवल १२ शान्ती चोकमा आउँदा उनलाई नं. नखुलेको मोटरसाईकलले ठक्कर दिएको थियो । त्यसपछि उनको स्कुटर बदेलपोखरीबाट मुख्य राजमार्ग तर्फ आउँदै गरेको लु १ च ६७८३ नं. को बलेरो जीप सँग ठोकिएको थियो ।
बलेरो मुनि परेकी उनलाई उपचारका लागि अस्पतालमा लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाले स्कुटरलाई ठक्कर दिने मोटरसाईकलको खोजी भइरहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित