राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ती बुटवललाई १३ दिन पछि हैदराबादी बिरयानी पुनः सञ्चालनमा बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै गुफा सहकारीको चौथो अधिवेसन सम्पन्न, अध्यक्षमा पौडेल नयाँ नोट बिनाको यस वर्षको दशैं, असोज १३ देखि सुकिला मात्रै साट्न पाइने बुटवलमा एक दिने हेयर केयर वर्कसप सम्पन्न संविधान दिवसको अवसरमा भनभने–गुल्मी सम्पर्क समाजको रक्तदान सिद्धबाबा सुरुङमार्ग ५४५ मिटर खनियो, मुख्य सुरुङ आउंदो मंसीर सम्म छेड्ने लक्ष्य झरना कप- साविक विजेता भूपू सैनिक बाहिरियो संविधानको मर्मअनुसार प्रभावकारी भूमिका निभाइरहेका छौं : मुख्यमन्त्री आचार्य                
समाचार :

विश्व फोटोग्राफी दिवसको अवसरमा लुम्बिनी फोटोग्राफर संघको पर्यटन -र्याली

विश्व फोटोग्राफी दिवसको अवसर पारेर लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीले विविध कार्यक्रमको आयोजना गरेको छ ।दिवसको पूर्वसन्ध्यामा संघले भाद्र १ गते बुटवलमा पर्यटनको आधार बढाउने उदेश्यले स्ट्रिट फोटोग्राफीको आयोजना गरेको छ। बुटवलको ट्राफिक चोक देखि बिपीचोक, अमरपथ , हाटबजार, बुटवल उपमहानगरपालिका परिसर, गणेश मन्दिर, दुर्गा मन्दिर, झोलुङ्गे पुल, पुरानो बुटवल, खस्यौलीबजार, फुलबारी हुँदै जितगढी गैर सम्पान गरिएको थियो। यस क्षेत्रका फोटो ग्राफर हरुले खिचेका तस्बीरलाई प्रतिश्प्रधा गराई उत्कृस्ट तस्बीर खिच्ने र सहभागी सबैलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख खेलराज पाण्डेले बुटवलको सांस्कृतिक पहिचान हुने गरि तस्बीर कैद गरी बुटवलको चिनारी गराउनु पर्ने बताए। आफ्नो पूर्ण सहयोग रहने बताउदै नगरप्रमुख पाण्डेले सहयोगमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।

संघका अध्यक्ष दिनेश अर्यालको अध्यक्षता तथा बुटवलका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा स्थानिय वडा अध्यक्ष, फोटो ग्राफर संघका सस्थापक, पदाधिकारी तथा सदस्य हरुको उपस्थिति रहेको थियो। बुटवलको पर्यटन प्रवर्द्धनका लागि फोटोग्राफी पैदल यात्रा गरीएको थियो भने सप्ताहव्यापी कार्यक्रम गर्दै दिवसलाई भव्य तथा सभ्यरुपमा सम्पन्न गरिने संघका अध्यक्ष दिनेश अर्यालले बताए ।बुटवलको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई फोटोग्राफीको माध्यमबाट प्रचारप्रसार गर्नका लागि बुटवल उप महानगरपालिकासँग सहकार्य गर्दै अगाडी बढिने अध्यक्ष अर्यालले बताए ।

विगतका वर्षदेखि संघले विश्व फोटाग्राफी दिवस मनाउँदै आएको र यसले फोटोग्राफरहरुलाई आफ्नो पेसाप्रति व्यवसायिकीकरण र जीविकोपार्जनतर्फ उन्मुख गराएको महासचिव माधब पन्थले जानकारी गराए ।पछिल्लो पटक रुपन्देही फोटोग्राफर संघमा आवद्ध फोटोग्राफरहरुलाई,संस्थागत विकास तालिम, विषयगत एवम् क्षमता अभिवृद्धि तालिम एवम् सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यक्रमहरु गर्दै आएको संघका सदस्य तथा कार्यक्रम संयोजक मोहन महतोले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित