दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

बंगलादेशमा हिसा अन्त्य र सदभाव कायम गर्न शान्ति समाजको बुटवलमा प्रर्दशन (फोटो फिचर)

राजनीतिक परिवर्तनसंगै बंगलादेशमा हिसा अन्त्य गरि शान्ति र सद्भाव कायम गराउन आग्रह गर्दै बुटवलमा प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाज, रुपन्देही शाखाको आयोजनामा आईतबार पुष्पलाल पार्कमा बंगलादेशमा भएका मानव अधिकार उलंघनका घटनामा निश्पक्ष छानबिन गरि दोषीको कारवाहीको माग राख्दै प्ले कार्ड प्रदर्शन गरेको हो ।

कार्यक्रममा सहभागीहरुले शान्ति र सद्भाव कायम गर, अल्संख्यक समुदायमाथि अत्याचार बन्द गर, सद्भाव बिथोल्नेलाई दण्डित गर, स्वतन्त्र निष्पक्ष निर्वाचनमार्फत लोकतन्त्रको रक्षा गर भन्ने नारासहित प्लेकार्ड प्रर्दशन गरेका थिए ।

कार्यक्रममा समाजका केन्द्रिय सल्लाहकार गोबिन्द खनालले बंगलादेशमा राजनीतिक परिर्वतनपछिको समयमा मानव अधिकार हननका धेरै घटनाहरु सार्वजनिक भैरहेको दाबी गरे । ‘युवा र प्रहरी दुबैतर्फबाट ठुलो संख्यामा हताहत भएको छ ।’— उनले भने । प्रधानमन्त्री मोहमद युनुशबाट अबको जिम्मेवारी पुरा हुने र बंगलादेशमा शान्ति कायम हुने आशा ब्यक्त गरे । अन्तराष्ट्रिय तथ्याकमा आधारित भएर समाजबाट अभियानको थालनी भएको तर्क दिदै उनले अल्पसंख्यक समुदायमाथि आक्रमण बन्द गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा.कृष्ण खरेलले विश्वभर नै हुने अहिसा रोकिनुपर्ने भन्दै बंगलादेशको घटनासंगै कलकत्तामा एउटा चिकित्सकमाथि भएको दुखद घटनाको समेत छानबिन हुनुपर्ने बताए । कलकत्ताको एक अस्पतालमा उपचार गरिरहेका चिकित्सकलाई बलात्कारपछि हत्या गरिनु हिसाको चरम अवस्थालाई जनाउने भन्दै घटनाका दोषीहरुलाई कारवाहि गरिनुपर्ने उनले बताए ।

कार्यक्रममा समाज, रुपन्देही शाखाका सभापति कृष्ण भट्टराईले बगलादेशमा घटेको घटनाबाट विश्व मानव समुदाय नै दुखित भएको भन्दै यसबाट पाठ सिकेर आगामी दिनमा अन्य राष्ट्रहरु सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य डिपि खनाल, रुपन्देही शाखाका उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डेले लोकतन्त्र, मानव अधिकार र अहिसाको पक्षमा आवाज उठाउनु सचेत मानव समुदायको दायित्व भएको भन्दै समाज निरन्तर खबरदारी गर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित