लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बंगलादेशमा हिसा अन्त्य र सदभाव कायम गर्न शान्ति समाजको बुटवलमा प्रर्दशन (फोटो फिचर)

राजनीतिक परिवर्तनसंगै बंगलादेशमा हिसा अन्त्य गरि शान्ति र सद्भाव कायम गराउन आग्रह गर्दै बुटवलमा प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाज, रुपन्देही शाखाको आयोजनामा आईतबार पुष्पलाल पार्कमा बंगलादेशमा भएका मानव अधिकार उलंघनका घटनामा निश्पक्ष छानबिन गरि दोषीको कारवाहीको माग राख्दै प्ले कार्ड प्रदर्शन गरेको हो ।

कार्यक्रममा सहभागीहरुले शान्ति र सद्भाव कायम गर, अल्संख्यक समुदायमाथि अत्याचार बन्द गर, सद्भाव बिथोल्नेलाई दण्डित गर, स्वतन्त्र निष्पक्ष निर्वाचनमार्फत लोकतन्त्रको रक्षा गर भन्ने नारासहित प्लेकार्ड प्रर्दशन गरेका थिए ।

कार्यक्रममा समाजका केन्द्रिय सल्लाहकार गोबिन्द खनालले बंगलादेशमा राजनीतिक परिर्वतनपछिको समयमा मानव अधिकार हननका धेरै घटनाहरु सार्वजनिक भैरहेको दाबी गरे । ‘युवा र प्रहरी दुबैतर्फबाट ठुलो संख्यामा हताहत भएको छ ।’— उनले भने । प्रधानमन्त्री मोहमद युनुशबाट अबको जिम्मेवारी पुरा हुने र बंगलादेशमा शान्ति कायम हुने आशा ब्यक्त गरे । अन्तराष्ट्रिय तथ्याकमा आधारित भएर समाजबाट अभियानको थालनी भएको तर्क दिदै उनले अल्पसंख्यक समुदायमाथि आक्रमण बन्द गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा.कृष्ण खरेलले विश्वभर नै हुने अहिसा रोकिनुपर्ने भन्दै बंगलादेशको घटनासंगै कलकत्तामा एउटा चिकित्सकमाथि भएको दुखद घटनाको समेत छानबिन हुनुपर्ने बताए । कलकत्ताको एक अस्पतालमा उपचार गरिरहेका चिकित्सकलाई बलात्कारपछि हत्या गरिनु हिसाको चरम अवस्थालाई जनाउने भन्दै घटनाका दोषीहरुलाई कारवाहि गरिनुपर्ने उनले बताए ।

कार्यक्रममा समाज, रुपन्देही शाखाका सभापति कृष्ण भट्टराईले बगलादेशमा घटेको घटनाबाट विश्व मानव समुदाय नै दुखित भएको भन्दै यसबाट पाठ सिकेर आगामी दिनमा अन्य राष्ट्रहरु सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य डिपि खनाल, रुपन्देही शाखाका उपसभापति कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डेले लोकतन्त्र, मानव अधिकार र अहिसाको पक्षमा आवाज उठाउनु सचेत मानव समुदायको दायित्व भएको भन्दै समाज निरन्तर खबरदारी गर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित