तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पत्रकार चेतन पन्तको निधन

पत्रकार चेतन पन्तको निधन भएको छ।

विगत २ वर्षदेखि अबुर्द रोगबाट पीडित पन्तको आइतबार राति भैरहवास्थित आफ्नै निवासमा निधन भएको हो।

भैरहवाको दुर्गा कोलनीमा परिवार सहित बस्दै आएका ६६ वर्षीय पन्त उपचार गराएर घरमै स्वास्थ्यलाभ गरिरहेका थिए।

३६ वर्ष पत्रकारिता क्षेत्रमा बिताएका पन्तले पत्रकारिताको माध्यमबाट विश्वभर लुम्बिनी र बौद्ध क्षेत्रहरु चिनाउन सन् २०१० मा बुद्धिस्ट साइट्स डटकम नामक वेबसाइट र चेतन पन्त नामक युट्युव च्यानलबाट आफ्नै लगानीमा वृत्तचित्र निर्माण गरी प्रसारण गर्दै आएका थिए।

२०४५ सालदेखि पत्रकारितामा आबद्ध उनले नेपाल टेलिभिजन, इमेज टेलिभिजन, स्पेसटाइम नेटवर्क लगायतका सञ्चारमाध्यममा काम गरेका थिए।

पछिल्लो एक दशकयता पन्त लुम्बिनीको प्रचार अभियान्ताका रुपमा सक्रिय थिए।

पन्तले सञ्चालन गरेको वेबसाइटमा लुम्बिनी, कपिलवस्तु, रामग्राम लगायत भारतका समेत बुद्ध र बुद्धको जीवनीसँग सम्बन्धित क्षेत्रहरुका वृत्तचित्रहरु नेपाली र अंग्रेजी भाषामा राखिएका छन्।

पन्तले अमेरिकाकै सानफ्रान्सिको शहरको बे खाडी क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई लुम्बिनीका बारेमा प्रशिक्षण दिँदै आएका थिए।

‘जहाँ गए पनि, जहाँ बसे पनि लुम्बिनी र नेपाल चिनाउने मेरो एउटै उद्देश्य` भन्ने नारा चलाएर पन्तले लुम्बिनी प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष आयोजना गर्दा अमेरिकामा त्यसको प्रचार प्रसारमा सक्रिय थिए।

पिता नगेन्द्र प्रसाद पन्त र आमा इन्द्रकुमारी पन्तका ५ भाई छोरा र २ छोरीमध्ये उनी जेठा हुन्।

पन्तका एक श्रीमती गंगा पन्त र दुई छोराहरु उमंग र उत्सव पन्त छन्। स्वर्गीय पन्तको भैरहवास्थित स्वर्गद्धारी घाटमा आजै अन्तेष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित