युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीद्वारा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण

रुपन्देहीमा निर्माण व्यवसायीहरूले करिब ३५ करोड भुक्तानी नपाएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

लुम्बिनी निर्माण व्यवसायी सङ्घ रुपन्देहीले निर्माण व्यवसायीहरूको विद्यमान समस्याहरूबारे लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै १८ बुँदे मागसहितको पत्र बुझाएको हो ।

नेपालको झन्डै ७० प्रतिशत बजेट खपत गर्ने कार्यमा निर्माण व्यवसायीहरू अनवरत रूपमा खटिएको जानकारी गराउँदै लुम्बिनी निर्माण व्यवसायी सङ्घ रुपन्देहीकी अध्यक्ष मञ्जु भुसालले मुख्यमन्त्री चेतनारायण आचार्यलाई ध्यानाकर्षण पत्र बुझाइन् । निर्माण व्यवसायीहरूले निर्माण कार्यको गत आर्थिक वर्ष २०८०/०८१ मा रुपन्देही जिल्लाको मात्रै झन्डै ३५ करोड अझै पनि भुक्तानी नपाएको र यस विषयमा राज्यले दायित्वबोध समेत नगर्दा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरू नै बन्द हुने स्थिति रहेको अध्यक्ष भुसालको भनाई छ।

निर्माण व्यवसायी सङ्घले भुक्तानी, मूल्य समायोजन, ठेक्का फरफारक गर्ने, उपभोक्ता समिति खारेज, मोबिलाइजेशन पेस्की, मिस म्याच, कर समायोजन, खाता रोक्का, बैङ्क ग्यारेन्टी नवीकरण, सामग्रीको मूल्य सूचकाङ्क लगायतका व्यवसायीहरूको विद्यमान समस्याका विषयमा सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

मुख्यमन्त्री आचार्यले निर्माण व्यवसायीहरूबाट उठेका विषय सरकारले सम्बोधन गर्ने बताउँदै कतिपय निर्माण व्यवसायीले निर्माणका काममा पनि आर्थिक चलखेलमा गन्ध आएको बताए । उनले अस्थिरताको कारण अहिले प्रदेश सरकारले पाउनुपर्ने समानिकरण बजेटसम्म अपेक्षा गरे अनुरूप ल्याउन नसक्दा प्रदेश समेत अधिकारबाट वञ्चित भएको मुख्यमन्त्री आचार्यले बताए । उनले निर्माण व्यवसायीलाई गुणस्तरीय काम गर्न अनुरोध गर्दै भुक्तानी दिन पहल गर्ने प्रतिबद्धता जनाए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित