बुटवल उपमहानरपालिका वडा नम्बर १० मा रहेको क्षितिज इन्टरनेशनल कलेजमा अव एमबीएको अध्यापन हुने भएको छ । यो भन्दा पहिला बिबिए, बिबिए–बीआई अध्यापन गराउँदै आएको कलेजमा चालु शैक्षिक सत्रबाट माष्टर अफ बिजनेशन एड्मिष्टेशनको पढाई हुने हुने भएको हो । पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी नयाँ कार्यक्रमको सुरुवात गरिएको हो ।
शनिबार तिलोत्तममा एक कार्यक्रमको आयोजना गरी कलेजको नयाँ कार्यक्रम सुरुवात गरिएको हो । पोखरा विश्व विद्यालयका एमबीए कार्यक्रमका पाठ्क्रम विकास संयोजक तथा एमबीए कार्यक्रम संयोजक प्रोफेसर प्रा.डा. महानान्द चालिसेले एमबीए कार्यक्रमको शुरुवात गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रा.डा चालिसेले संसारलाई परिर्वतन गर्न चाहनेहरुको लागि एमबीए कार्यक्रम आफैमा ओझपूर्ण विषय भएको बताएका थिए ।अहिले पनि नेपालमा कुल शिक्षाको ४८ प्रतिशत भन्दा बढि व्यवस्थापन शिक्षा हासिल गरेका व्याक्तिहरुको योगदान रहेको भन्दै उनले एमबीएको पढाईका लागि काठमाण्डौ वा अन्य देशमा जानुपर्ने बाध्ययताको अन्त्य भएको बताएका थिए ।
बुटवलमा नै सहजरुपमा एमबीएको शिक्षा प्राप्त गर्न पाउनुआफैमा गौरवको विषय समेत भएको भन्दै उनले अहिलेको नयाँ पाठ्क्रमले जागिर संगै उद्यामशिलता समेत विकास गर्ने गरी डिजाईन गरिएको भन्दै एमबीए अध्यन गरेका विद्यार्थीले व्यवस्थापकीय क्षमता संगै नयाँ उद्यमशिलता बृद्धिमा समेत सहयोग पुराउने बताएका थिए ।
कार्यक्रममा नेपाल चेम्बर अर्फ कर्मस लुम्बिनी प्रदेशका अध्यक्ष जेपी कण्डेलले नेपालबाट विदेश अध्यायनको लागि जाने परिपाटीको विकासको लागि सरकारको ठुलो कमीकमजोरी रहेको बताएका थिए । उनले यसको लागि स्वदेशमा ने उद्यमशिलता विकासका कार्यक्रम, सोही अनुसारको पाठ्क्रममा अध्ययन अध्यापन गर्नुपर्नेमा जोड दिए ।
यस्तै होराईजन जीविएसका अध्यक्ष ज्ञानेन्द्र कसजुले न्युहोराईजन आफैमा देशको शशक्त ब्रान्डको रुपमा विकास भैरहेको बताउँदै ईन्जीनियरिङ्गकलेको समेत अवधरणामा अगाडी बढिसकेको समयमा नेपाल सरकारबाट सम्बन्धन नदिँदा अफ्ठारो भएको बताएका थिए । विगत लामो समय देखि यो विषयमा पहल गरेको भएपनि ईन्जीनयरिङ्गजस्तै प्राविधिक शिक्षामा सरकारले गरेको ढिला सुस्तीको कारण विद्यालय पलायन हुनुको एउटा कारण भएको उनको भनाई थियो ।
न्यु होराईजन आवशिय विद्यालयका प्रधानाध्यापक लोकनाथ उपाध्यायले नेपालको शिक्ष प्रणाली विकास नहुनुमा विश्व विद्यालय संगै नेपाल सरकारको मुख्य दोषी भएको बताए ।उनले स्वदेशमा नै रोजगारी सृजना, नेपाली माटो सुहाउँदो शिक्षा प्रणालीको विकास गर्न सकेमा दक्ष जनशक्ती विदेश पलायन रोक्न सकिने बताएका थिए ।बुटवलमा नै घरमै बसेर, परिवारिक वातावारणमा एमबीएको अध्यान गर्न पाउनुको विद्यार्थीको लागि गोल्डेन अवसर भएको प्रअ उपाध्याले बताएका थिए ।
कार्यक्रममा प्रडुयन्सीयल ईन्सुरेन्सका प्रदेश प्रमुख धुब्र कोईराला, एमबीएका विद्यार्थी आकृति बज्राचार्य, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री लगायतले बोल्दै एमबीए कार्यक्रमको पूर्ण सफलताको कामना गरेका थिए ।
क्षितिज इन्टरनेशनल कलेजका प्राचार्य डा. सुर्य रानाले सन् २००९ बाट बिबिए कार्यक्रम सुरुवात गरेको कलेजमले २०१३ मा बिबिए–बीआई समेत सञ्चालन गर्दै आएको जानकारी दिए ।
यसै शैक्षिक सत्र बाट एमबीए को अध्यापन सुरुवात गरिएको बताउँदै प्राचार्य रानाले विद्यार्थीहरुको लागि यो सुर्वण अवसर रहेको बताएका थिए । कार्यक्रममा क्षिजीज ईन्टरनेशनल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षता तथा प्रध्यापक राजेन्द्र लम्सालको सञ्चालनमा भएको हो ।