लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुद्ध जन्मस्थल लुम्बिनीबाट देखिएको हिमालको दृश्य (तस्बिरहरू)

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीबाट हिमाल देखिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, असार साउन महिनामा मौसम सफा हुँदा लुम्बिनीबाट हिमाल देखिन्छ । बुधवार पनि यस्तै मौका जुर्‍यो । पत्रकार विनोद परियारले लुम्बिनीबाट अन्नपूर्ण हिमशृङ्खलाको भिडियो र फोटो खिचेर उपलब्ध गराएका छन् ।

लुम्बिनी पुगेका पर्यटकहरूका लागि लुम्बिनीबाट हिमाल देख्न पाएकोमा दंग थिए । श्रीलङ्काबाट बौद्ध तीर्थयात्रीहरू लिएर बुद्ध जन्मस्थल लुम्बिनी आएका धम्म श्री भन्तेले दुर्लभ दृश्य देख्न पाएकोमा खुशी व्यक्त गरे । उनले भगवान् बुद्धको जन्म हिमालयको काखमा जन्मिएको भनेर व्याख्या गरिएकोमा आफूले प्रत्यक्ष रूपमा हिमाल देख्न पाएको बताए ।

वर्षातपछि खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमालहरू देख्दा यहाँ आएका पर्यटक र धार्मिक पर्यटकहरू लोभिएका हुन् । प्रायः असार साउनको महिनामा पानी परेर मौसम खुलेको बेला अन्नपूर्ण, धौलागिरि लगायतका हिमालहरू देखिने पुस्तौँदेखि मायादेवी मन्दिरमा पूजा गर्दै आएका योगेन्द्रनाथ पाण्डेले बताए ।

त्यसो त नेपाल भौगोलिक रूपमा हिमाल, पहाड र तराईको दुरी त्यति टाढा छैन। मौसम सफा रहेको बेला लुम्बिनीबाट हिमाल देखिन्छ नै । तर, बुद्ध जन्मस्थल लुम्बिनीमा हिमाल देखिन्छ भन्ने सन्देशलाई पर्यटकीय रूपमा प्रचार हुन सकेको छैन ।

भगवान् बुद्धले समेत आफ्नो घर हिमालको फेदी बाणगंगा नदीको किनारमा भएको बताउनुले बुद्धसँग हिमालको सम्बन्ध जोडिने पर्यटनविद् एवम् लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा। हरिध्वज राईले बताए ।

मायादेवी र अशोक स्तम्भको छेउबाट देखिने हिम श्रृंखला बेला र मौकामा मात्रै देखिन्छ । तराईको समथर भूमिबाट हिमाल हेर्न पाउनु आफैमा महत्त्वपूर्ण हो ।

लुम्बिनीसहित तराईका जिल्लाहरूबाट असार साउनमा मौसम खुल्दा हिमाल देखिने स्थानीयहरू बताउँछन् । लुम्बिनीबाट अन्नपूर्ण र धौलागिरि लगायतका हिम श्रृंखलाहरु देखिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित