भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

बुद्ध जन्मस्थल लुम्बिनीबाट देखिएको हिमालको दृश्य (तस्बिरहरू)

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीबाट हिमाल देखिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, असार साउन महिनामा मौसम सफा हुँदा लुम्बिनीबाट हिमाल देखिन्छ । बुधवार पनि यस्तै मौका जुर्‍यो । पत्रकार विनोद परियारले लुम्बिनीबाट अन्नपूर्ण हिमशृङ्खलाको भिडियो र फोटो खिचेर उपलब्ध गराएका छन् ।

लुम्बिनी पुगेका पर्यटकहरूका लागि लुम्बिनीबाट हिमाल देख्न पाएकोमा दंग थिए । श्रीलङ्काबाट बौद्ध तीर्थयात्रीहरू लिएर बुद्ध जन्मस्थल लुम्बिनी आएका धम्म श्री भन्तेले दुर्लभ दृश्य देख्न पाएकोमा खुशी व्यक्त गरे । उनले भगवान् बुद्धको जन्म हिमालयको काखमा जन्मिएको भनेर व्याख्या गरिएकोमा आफूले प्रत्यक्ष रूपमा हिमाल देख्न पाएको बताए ।

वर्षातपछि खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमालहरू देख्दा यहाँ आएका पर्यटक र धार्मिक पर्यटकहरू लोभिएका हुन् । प्रायः असार साउनको महिनामा पानी परेर मौसम खुलेको बेला अन्नपूर्ण, धौलागिरि लगायतका हिमालहरू देखिने पुस्तौँदेखि मायादेवी मन्दिरमा पूजा गर्दै आएका योगेन्द्रनाथ पाण्डेले बताए ।

त्यसो त नेपाल भौगोलिक रूपमा हिमाल, पहाड र तराईको दुरी त्यति टाढा छैन। मौसम सफा रहेको बेला लुम्बिनीबाट हिमाल देखिन्छ नै । तर, बुद्ध जन्मस्थल लुम्बिनीमा हिमाल देखिन्छ भन्ने सन्देशलाई पर्यटकीय रूपमा प्रचार हुन सकेको छैन ।

भगवान् बुद्धले समेत आफ्नो घर हिमालको फेदी बाणगंगा नदीको किनारमा भएको बताउनुले बुद्धसँग हिमालको सम्बन्ध जोडिने पर्यटनविद् एवम् लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा। हरिध्वज राईले बताए ।

मायादेवी र अशोक स्तम्भको छेउबाट देखिने हिम श्रृंखला बेला र मौकामा मात्रै देखिन्छ । तराईको समथर भूमिबाट हिमाल हेर्न पाउनु आफैमा महत्त्वपूर्ण हो ।

लुम्बिनीसहित तराईका जिल्लाहरूबाट असार साउनमा मौसम खुल्दा हिमाल देखिने स्थानीयहरू बताउँछन् । लुम्बिनीबाट अन्नपूर्ण र धौलागिरि लगायतका हिम श्रृंखलाहरु देखिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित