रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको २२ औ पदस्थापन समारोह सम्पन्न भएको छ।
बुटवल डाउनटाउन वर्ष २०२३ /२४ का अध्यक्ष कृष्णप्रसाद घिमिरेले वर्ष २०२४ /२५ का अध्यक्ष र रोट्रयाक्टर डिल्लीराज ढकाललाई आफ्नो पद हस्तान्तरण गरे।
कार्यक्रममा आफ्नो पद हस्तान्तरण गर्दै उनले आफ्नो कार्यकालमा गरेका गतिविधिहरूको बारेमा जानकारी गराएका थिए भने वर्षभरि आफूलाई सहयोग गर्ने क्लबका बोर्डका पदाधिकारीहरु सदस्यहरु पूर्व अध्यक्षहरु लगायतलाई मायाको चिनोबाट सम्मान गरेका थिए ।
कार्यक्रममा जोन १८ का जेड आर आर दिवस खनाल, रोट्रयाक क्लब बुटवल डाउनटाउनका पूर्व अध्यक्ष एवं काउन्सिल चेयर बालकृष्ण पाण्डे, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवाली, रोटरी जोन ३३ का एसिस्टेन्ट गभर्नर हिमाल गैरे लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमका बोल्दै विशिष्ट अतिथि रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर विक्रम क्षेत्रीले वर्ष २०२३लाई सफल रूपमा सम्पन्न गर्न सफल भएकाेमा कृष्णप्रसाद घिमिरे र उनको टिमलाई बधाई ज्ञापन गरे ।
नवनिर्वाचित अध्यक्ष डिलीराज ढकाललाई सफल कार्यकालको शुभकामना दिए। कार्यक्रमका प्रमुख अतिथि कान्तिपुर टेलिभिजनको बहुचर्चित कार्यक्रम फायर साइडका प्रस्तोता एवं युथ मोटिभेटर रुपेश श्रेष्ठले रोट्रयाक्टको माध्यमबाट थुप्रै युवाहरू सामाजिक कार्यमा जोडिनु र आफ्नो व्यक्तित्व र नेतृत्व विकास गर्नु सकारात्मक पक्ष रहेको बताए । त्यस्तै केहि परम्परागत शैलीलाई परिवर्तन गर्दै थप परिस्कृत भएर अगाडि बढ्नका लागि सुझाव दिए ।
हरेक परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने बताउँदै करिब २२ वर्षको विरासत बोकेको रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले रोट्याक्टर डिलीराज ढकालको नेतृत्वमा यो वर्ष क्लबलाई थप उचाइमा पुर्याउनुपर्ने भन्दै शुभकामना व्यक्त गरे ।
पदस्थापन समारोहमा पदभार ग्रहण गर्दै वर्ष २०२४-२५ का अध्यक्ष डिलीराज ढकालले आफ्नो वार्षिक कार्ययोजना प्रस्तुत गर्दै आफ्नो थिम रिलिज गरेका थिए । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका प्रेसिडेन्ट इलेक्ट एवं पदस्थापन समारोह संयोजक आविष्कार खनालको स्वागत, प्रेसिडेन्ट नोमिनी महेश खनालको धन्यवाद, २३-२४ का सचिव संजीव सुनार र २४-२५ का सचीव मन्जु गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।