युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

रुपन्देहीमा एक हप्तामा ३१ हजार सवारी चालकलाई लेन अनुशासन शिक्षा

लेन अनुशासन पालनालाई प्रभावकारी बनाउने, उल्लङ्घन गर्ने चालकको बानीलाई सुधार गर्ने र यसबाट हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यसहित रुपन्देहीमा सञ्चालित साताव्यापी ‘मेरो सवारी, मेरो लेन’ सम्बन्धी सचेतना अभियानमा ३१ हजार १९५ जना चालकलाई सचेतना शिक्षा प्रदान गरिएको छ ।

यसबाट साना–ठुला गरी सबै किसिमका सवारीलाई लेन अनुशासनसम्बन्धी सचेतना शिक्षा दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिरसिंह विष्टले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, रुपन्देही, जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरीको संयुक्त आयोजनामा अभियान सञ्चालन गरिएको थियो । यो अवधिमा दुई , दुई घण्टा दैनिक विभिन्न ठाउँमा कार्यक्रम गरिएको हो ।

असार २६ गते गृह सचिव एकनारायण अर्यालले सीमा नाका बेलहियामा ‘मेरो सवारी, मेरो लेन’ लेखिएको स्टिकर सवारीमा टाँसेर अभियानको सुरुवात गरेका थिए । एक हप्तासम्म मुख्य सहरी इलाका, राजमार्ग, हुलाकी सडक लगायतका ठाउँमा ट्राफिकले लेन अनुशासनसम्बन्धी सचेतना शिक्षा चलाएको थियो । ट्राफिकसँगै भैरहवा क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी, सामाजिक तथा व्यावसायिक सङ्घसंस्थाले अभियानमा स्वयंसेवीका रूपमा सडकमा खटेर सहयोग गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अभियान निकै प्रभावकारी भएको बताउँदै ट्राफिकले मात्रै होइन, यातायात व्यवसायी, अन्य व्यापारिक सङ्घसंस्था, विद्यालय, सामाजिक संस्थाले यस्ता अभियान सञ्चालन गरिरहनु पर्ने बताए । उनले लेन अनुशासन उल्लङ्घन गर्दा हुने दुर्घटनालाई वृद्धि हुँदा अनाहकमा नागरिकको मृत्यु भएको बताए।प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले उनले अभियानका क्रममा लेन अनुशासन पालना नगर्नेलाई सम्झाई बुझाई गरेको तर अब भने सचेतनासँगै कारबाही पनि गरिने जनाए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित