भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

कपिलबस्तुमा बचेरा हुर्काउँदै आगन्तुक राज र स्वर्गचरी (फोटो फिचर)

कपिलवस्तु । राजचरी र स्वर्गचरीलाई बचेरा हुर्काउन भ्याइ नभ्याई छ । राजचरी (ब्ल्याक न्याप्ड मोनार्क) बचेरा हुर्काउन व्यस्त छ । भाले र पोथीले आलोपालो किरा फट्याङ्ग्रा खोज्छन् । चुच्चाको सहायताले बचेरालाई खुवाउँछन् ।

स्वर्गचरी (इन्डियन प्याराडाइज फ्लाइक्याचर) ले गुँडबाट बचेरा उडाइसकेको छ । दक्षिण भारत तथा श्रीलङ्काबाट आउने यहाँ जिल्लामा पहिलो पटक यी चरा प्रजनन गरेको देखिएको छ ।

राजचरी र स्वर्गचरीजस्तै ५ दर्जन बढी आगन्तुक चराहरू प्रजननका लागि नेपाल आउने गरेका छन् । ती चराहरू अहिले बचेरा हुर्काउन व्यस्त छन् । वसन्त ऋतु आगमनबाट चराहरूमा प्रजननको सिजन सुरु हुन्छ । फागुनदेखि बसाइ सराइ गर्छन् ।

यी चरालाई समर भिजिट वर्ड भनेर चिनिने वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए ।

‘तीनदेखि चार महिना बिचको समयमा नेपाल बस्छन् । त्यो समयमा गुँड बनाउने, अण्डा पार्ने र कोरल्नेदेखि बचेरा हुर्काएर फर्किने गर्छन् । वर्षायाम सकिएसँगै उनीहरू आफ्नो ठाउँ पुग्छन् । यी चराहरू वनमा आश्रित हुन्छन् । नदीको आसपास, रुखमा कपजस्तो आकारमा गुँड लगाउँछन्’ डा. बरालले बताए।

प्रजननका लागि नेपालमा ६० बढी प्रजातिका आगन्तुक चरा आउँछन् । अस्ट्रेलिया, दक्षिण भारतदेखि दक्षिण–पूर्वी एसियाका मलेसिया, म्यानमार, थाइल्यान्ड, लाओस् इन्डोनेसिया लगायतका देशबाट चराहरू आएका छन् ।

स्वर्गचरी, राजचरीका अलवा जुर्रे कोइली, लाल चुच्चे ठेउवा, गौँथली, कटुस टाउके मुरली, पानी गौँथलीलगायत थुप्रै साना जिउ हुने चराहरू प्रजननका लागि नेपाल आउने गरेका छन् । कोइलीको एक दर्जन बढी नेपाल आउँछन्, जसमध्ये जुर्रे कोइली अफ्रिकाको सबसहारन क्षेत्र र सेतो कण्ठे गौँथली अस्ट्रेलियाबाट नेपाल आउँछन् । कृषिक्षेत्र आसपास गुँड लगाउने वरिष्ठ पन्छी विज्ञ कृष्णप्रसाद भुसालले बताए ।

swarga_chari__3_.jpg

swarga_chari__2_.jpg

swarga_chari__9_.jpg

rajchari__2_.jpg

rajchari__4_.jpg

IMG_6088.jpg

rajchari__1_.jpg

गाेरखापत्रबाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित