तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बबई नदीमाथिको झोलुंगे पुलमा रातभर फस्यो गोरू, १५ घण्टापछि बल्लतल्ल उद्धार

दाङको दंशीशरणा गाउँपालिका वडा नम्बर १ स्थित बबई नदीमाथि झोलुंगे पुलमा फसेको एउटा गोरूको १५ घण्टापछि बल्लतल्ल उद्धार भएको छ।

शुक्रबार साँझ ७ बजेदेखि पुलमा फसेको उक्त गोरूलाई शनिबार बिहान १० बजेमात्रै तुल्सीपुरबाटबाट सशस्त्र प्रहरीको टोली पुगेर सकुशल उद्धार गरेको हो।

खेतमा दिनभर जोतेर घर फर्कने क्रममा गोरू पुलमा फसेपछि स्थानीय, वडा कार्यालय र प्रहरीसमेतको सहयोगमा शुक्रबार राति ९ बजेसम्म पुलबाट निकाल्न नसक्दा शनिबार सशस्त्र प्रहरी बलको टोली नै पुगेको थियो।

बिहान ७ बजेमात्रै सुरु भएको उद्धार कार्यमा गोरूलाई मेसिनले पुलको थोरै भाग काटेर डोरी लगायतका सामग्री प्रयोग गरिएको थियो।

केहीदिन अघि आएको बाढीले पुलमा आंशिक क्षति पुर्‍याएपछि पुल सञ्चालनमा रोक लगाइएको थियो। तर, पुलको छेउमा लगाएको डोरी केही युवाहरूले काटिदिएपछि मान्छे हिँड्न थालेका थिए।

अघिल्लो महिना (जेठ २७ गते) कर्णाली पुलमाथि १३ वटा खच्चड पुलमा फसेका थिए। खच्चड खसेको केही घण्टापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेर ११ वटाको सकुशल उद्धार गरेको थियो भने दुई वटाको मृत्यु भएको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित