युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

एसईई उत्तीर्ण विद्यार्थीलाई पामिरले ग¥यो सम्मान

पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरले एसईई–२०८० मा उत्तीर्ण विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ ।

विद्यालयले तिलोत्तमा नगरमै सर्वोत्कृष्ट जीपीए (३.९१) ल्याउने विद्यार्थी एन्जिल पाण्डेसहित उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको हो । पामिरले उत्कृष्ट जीपीए ल्याएर नगरमै प्रथम हुने पाण्डेलाई नगद १० हजारसहित सम्मानपत्रबाट सम्मानित गरेको छ ।

त्यस्तै ३.७९ जीपीए ल्याउने एकजनालाई ४ हजार तथा ३.६४ जीपीए ल्याउने २ जनालाई नगद रु २५ सयसहित विद्यालयले सम्मान गरेको छ । विद्यालयबाट २३ जनाले एसईई दिएकोमा ४ जना ए प्लस, ६ जना ए, १२ जना बी प्लस र एकले जना बी ग्रेडमा उत्तीर्ण भएका थिए ।

सम्मान कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका शिक्षा तथा खेलकूद शाखा प्रमुख उपसचिव गंगाराम आचार्यले देशभरको एसईई रिजल्ट सन्तोषजनक नभएको अवस्थामा पनि विद्यालयले शत प्रतिशत नतिजा ल्याएर आफूलाई प्रमाणित गरेको बताए । आचार्यले एसईई सानो क्षेत्र भएको बताउँदै आगामी दिनका शैक्षिक यात्राहरुमा विद्यार्थीहरुले ध्यान दिएर पढ्न जोड दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन चापागाईंले विद्यालयले वर्षौंदेखि उत्कृष्ट नतिजा ल्याइरहेको बताउँदै आफ्नो रुची अनुसार विषय लिएर आगामी अध्ययनलाई अगाडि बढाउन विद्यार्थीहरुलाई आग्रह गरे । उनले सबैको मेहनतले स्कूल गर्व गर्न लायक शैक्षिक संस्था बनेको बताए ।

विद्यालयका प्राचार्य गोपाल गौतमले एसईईमा सफलता हायिसल गरेका विद्यार्थीहरुलाई भावी शैक्षिक यात्राको लागि शुभकामना दिंदै शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक प्रयासले विद्यालयले राम्रो नतीजा हासिल गरेको बताए ।

कार्यक्रममा अभिभावकको तर्फबाट रीता श्रेष्ठ, अतिरिक्त क्रियाकलाप प्रमुख अमित राना, परीक्षा संयोजक नविन शाक्य, कक्षा १० का कक्षा शिक्षक विनोद रणपाल, अर्का शिक्षक केशव खनाल, उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी एन्जील पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित