
बुटवल । गत असार १४ गते राति गुल्मीको मालिका गाउँपालिका–६ अर्जैमा गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको परिवारलाई विदेशमा बस्ने युवाहरुले सहयोग गरेका छन् ।
असार १४ गते राती मालिका गाउँपालिका–६ अर्जेमा पहिरो घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको थियो । विदेशमा भएपनि आफ्नो गाउँठाउँमा परेको विपत्तीमा सहयोग गर्ने उद्देश्यले मालिका–६ का राम अर्यालको संक्रियतामा ५० हजार रकम परिबारलाई सहयोग गरेका हुन ।
विदेशबाट पठाएको उक्त रकम मालिका गाउँपालिका–६ अर्जैका निवर्तमान वडा अध्यक्ष शोभाखर गिरीले मृतक परिबारका जेठा बुबा कर्णबहादुर बिश्वकर्मालाई प्रदान गरेका थिए ।
राम अर्यालले १७ हजार ४००, बुद्धि पौडेलले ९ हजार ५ सय, गणेश श्रेष्ठ, राम श्रेष्ठ, राम चौधरी, नसिम धिमालले ५÷५ हजार, सन्तोष न्यौपाने, केसव न्यौपानेले प्रति व्यक्ति १ हजार ८ गरी कुल ५० हजार रकम नेपाल पठाइएको थियो ।
हिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली, जेठी बुहारी २६ वर्षीया सिता, नातिनी ८ वर्षकी सपना र ८ महिनाकी अर्की नातिनी विपनाको मृत्यु भएको थियो ।
घरमा बसेका सबै सदस्यको मृत्यु भएपछि उनका तीनभाई छोराहरु अहिले जेठो बुवाको घरमा बसेर किरिया बसेका छन ।