तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेपाल रिकन्डिसन अटो व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा शिवप्रसाद भुसाल चयन

बुटवल । नेपाल रिकन्डिसन अटो व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा शिव प्रसाद भुसाल चयन भएका छन् ।

नेपाल रिकन्डिसन अटो व्यवसायी संघ केन्द्रीय कार्यालयको आयोजनामा बुटवलमा भएको प्रथम लुम्बिनी प्रदेश स्तरिय भेलाबाट भुसाल अध्यक्षमा चयन भएका हुन ।

त्यस्तै प्रदेश उपाध्यक्षमा प्रमोद पन्थी, सचिवमा कृष्ण प्रसाद घिमिरे, सह सचिवमा गोपाल तिवारी र कोषाध्यक्षमा कमल घिमिरे रहेका छन् । यसैगरी सदस्यहरुमा अनिल सापकोटा र दिपक ढडरिया चयन भएका छन् ।

त्यस्तै विमलकुमार जि.सीको संयोजकत्वमा सल्लाहकार कमिटि पनि चयन भएको छ ।

जसको सदस्यमा विकास पाण्डे, सन्तोष पौडेल र सन्तोष भुसाल रहेका छन् । चयन भएकापदाधिकारी तथा सदस्यहरुलाई संघका केन्द्रीय अध्यक्ष रमेशप्रसाद कोइराला, बरिष्ठ उपाध्यक्ष राजकुमार देवकोटा, सचिव अमित अधिकारी र केन्द्रीय सदस्य मुक्तिनाथ न्यौपाने (सन्तोष)ले अविर तथा खादा लगाएर शुभकामना दिएका थिए ।

संघले देशका ७ वटै प्रदेशमा कमिटि गठन गर्ने योजना अनुसार लुम्बिनी प्रदेशमा पनि रिकन्डिसन अटो व्यवसायीहरुलाई संगठित गरेको बताएको छ ।

संघका केन्द्रीय अध्यक्ष रमेशप्रसाद कोइरालाले व्यवसायीको हक हित प्रबद्र्धन गर्ने उद्देश्यले संघ गठन भएको बताए ।

देशभर रिकन्डिसन अटो व्यवसायीहरु संघमा १५० जना आबद्ध रहेका छन् ।

लुम्बिनी प्रदेशमा बाट मात्र संघमा २० जना आबद्ध छन् । अध्यक्षमा चयन हुनुभएका शिव प्रसाद भुसाले व्यवसायीहरुलाई एकताबद्ध ढंगले अघि बढाउने बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित