युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

बिना दर्ता चलेका रिक्सालाई कडाई गर्न हरियालीको नगरपालिकालाई आग्रह

बुटवलमा बिना दर्ता सञ्चालनमा रहेका ई–रिक्सालाई कडाई गर्न हरियाली यातायात प्रालिले आग्रह गरेको छ । दर्ता नभई चलेका धेरै रिक्साले बजार क्षेत्रलाई अस्तव्यस्त बनाएको भन्दै प्रालिले त्यस्ता विद्युतीय रिक्सा सञ्चालनको लागि रोक लगाउने सम्मका योजना ल्याउन बुटवल उपमहानगरपालिकालाई आग्रह गरेको हो ।

जसको असर बुटवलमा दर्ता भई कानूनसम्मत रूपमा चलेका ई–रिक्सालाई परेको छ । बुटवलले १ हजार ४४० रिक्साको संख्या निर्धारणका छन् । प्रालिका अध्यक्ष कृष्णप्रसाद तिवारीले नगरपालिकाले निर्धारण गरेको ई–रिक्साको संख्यामा आफूहरु कटिबद्ध रहेको बताउँदै त्यसलाई पूर्ण कार्यान्वनमा जान आग्रह गरे ।

‘नगरको लागू गरेको नीतिमा हरियाली यातायात प्रालि प्रतिबद्ध छ’ तिवारीले भने, ‘छिट्टो रिक्साको उचित व्यवस्थापन गर्न हामी जोडदार माग गर्दै आएको छौं । तर, त्यसको सुनुवाई हुन सकेको छैन ।’

उनले आर्थिक मन्दीको बेलामा राज्यको दोहोरो करले ई–रिक्सा मजदुर मारमा परेको बताए ।

रिक्साले हरेक वर्ष नगरपालिकालाई २ हजार ४०० र यातायात कार्यालयमा ४ हजार रुपैयाँ राजश्व तिर्नुपर्छ । नगरपालिका तिर्ने राजश्वलाई घटाएर बढीमा १ हजार बनाउन तिवारीले आग्रह समेत गरे । रिक्साको लागि ठाउँ–ठाउँमा पार्किङको व्यवस्था गर्न प्रालिका कोषाध्यक्ष यज्ञप्रसाद गैरेले आग्रह गरे ।

सेवाग्राहीको बढी चाप हुने सरकारी कार्यालय र पर्यटकीय क्षेत्र फुलबारी पारी बुटवलमा रहेको हुँदा तिनाउ पुलमा रिक्सालाई समय निर्धारण नर्गन समेत प्रालिको आग्रह छ । यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिए प्रालिमा फोन गर्न समेत आग्रह गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित