युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

लुम्बिनीका मेसुलाई काम नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाललाई काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एक महिना अघि जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका ढकाललाई अस्पतालमै कार्यरत अर्का डाक्टर विष्णु गौतमको निवेदनमा सर्वोच्चले काममा नलगाउने अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

डा. ढकालको नियुक्ति योग्यताअनुसार नभएकोले बदर गर्न माग गर्दै लुम्बिनी प्रादेशिकका पूर्व मेसु डा. गौतम सर्वोच्च अदालत पुगेका थिए । डा. गौतमको निवेदनको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश बिनोद शर्माको एकल इजालासले नियुक्तिपछिका सबै जिम्मेवारी, आर्थिक र प्रशासन हेर्ने गरी गरिएको नियुक्ति र पत्राचार कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्दै प्रत्यर्थीको नाममा अल्पकालिन अन्तरीम आदेश जारी गरेको हो । मुद्दामा लुम्बिनी प्रदेश सरकार विपक्षी बनाईएको छ ।

मेसु नियुक्त डा. ढकाल १० औं तहका हुन् । डा. गौतम ११ औं तहका हुन् । मेसुका लागि ११ तह आवश्यक पर्ने भन्दै गौतमले ढकालको नियुक्ति बदर माग गरेका थिए ।

डा. गौतमले नेपाल सरकारको मिति २०७८ मंसिर १ गतेको निर्णयअनुसार मेडिकल सुपरिटेण्डेन्ट हुन एघारौं तहको स्थायी डाक्टर हुनुपर्ने उल्लेख भएपनि आफू सोही पदमा अस्पतालमा कार्यरत रहँदै दशौं तहमा कार्यरत बरिष्ट कन्सल्टेन्ट अर्थोपेडिक सर्जनलाई नियुक्त गरिएको हुँदा कानुन विपरीत रहेको जिकिर गरेका थिए ।

सर्वोच्चले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको भएपनि प्रादेशिक अस्पतालमा सोमबार आदेशको पत्र दर्ता भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा यस अघि डा. सुदर्शन थापा मेडिकल सुपरिटेण्डेन्ट थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित