युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

लायन्स क्लब अफ बुटवल क्षितिजको अध्यक्षमा आविश्कार खनाल

लायन्स क्लब अफ बुटवल क्षितिजको ०८ औ चार्टर्ड बार्सिकउत्सब तथा पदस्थापन समारोह सम्पन्न भएको छ ।

लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२३÷२४ अध्यक्ष लायन धुब्र कुमार शर्माले बर्ष २०२४÷२५ का लागि नव निर्वाचित अध्यक्ष आबिस्कार खनाललाई पदहस्तान्तरण गर्नुभएको छ । बर्ष ०२४÷०२५ को क्लबको प्रथम उपाध्यक्षमा श्री खरेल, द्वितीय उपाध्यक्षमा उदय खत्री, तृतीय उपाध्यक्षमा गुप्त पुन, सचीवमा प्रदिप गुप्ता, कोषाध्यक्षमा गोपाल रेग्मी, क्लब निर्देशकमा इन्द्र प्रसाद भट्टराई र दिपक सापकोटा रहेका छन ।

नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रक ३२५ पि बर्ष २०२३÷२४ का गभर्नर पिएमजेफ लायन अर्जुनमान सैजुले शुभकामना दिदै लायन्स क्लब अफ बुटवल क्षितिजले नाम अनुसारको काम गर्न सफल भएको बताए । उनले आगामी दिनमा क्लबलाइ अझ उचाइमा पुर्याउनु पर्ने र त्यसका लागि सामाजिक काममा अग्रसरता बढाउनुपर्ने बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि लायन्स डिष्ट्रक ३२५ पि बर्ष २०२४÷२५ का डिष्ट्रक गभर्नर एमजेफ लायन पुरुषोत्तम भक्त प्रधानाङले क्लवले नवित्तम कार्यक्रम अगाडि बढाउंदा डिष्ट्रिक बाट सक्दो सहयोग हुने बताए ।

उक्त अवसरमा पुर्ब गभर्नर नवराज न्यौपाने, डिष्ट्रक पदाधिकारी अनिल श्रेष्ठ, डाक्टर मनोज ढुंगाना लगायतले बोल्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा पुर्ब गभर्नर अरुण प्रताप राणा, महेन्द्र नारायण श्रेष्ठ, बर्ष २०२४÷२५ डिष्ट्रकका प्रथम उपाध्यक्ष बालाराम भट्टराई, द्वितीय उपाध्यक्ष सन्दिप कशौधन, डिष्ट्रक सेक्रेटरी माधव खनाल डिष्ट्रकका अन्य पदाधिकारीहरु , एरिया , जोनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

पदभार ग्रहण पश्चात बोल्दै बर्ष ०२४÷०२५ का अध्यक्ष खनालले लायन्स क्लब अफ बुटवल क्षितिजको गरिमालाइ कायम राख्दै लायन्सको मर्म र भावना अनुसार काम गर्ने बताए ।

क्लबका सस्थापक अध्यक्ष राजिव श्रेष्ठको स्वागत, सचीवद्वय गुप्त पुन, प्रदीप गुप्ता र पुर्ब अध्यक्ष शंकर पाण्डेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा चर्चित गायक बसन्त श्रेष्ठको सांगीतक प्रस्तुति समेत रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित