निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला… (तस्बिरहरू)

यसपालिको धान रोपाइँ सुरू भएको छ।

समयअगावै भित्रिएको मनसुन सक्रिय भएर पानी पर्न थालेसँगै किसानहरूलाई रोपाईँको चटारो छ।

सिँचाईको सुविधा भएका ठाउँहरुमा केही अगाडि नै धान रोपाइँ सुरू भैसकेको छ भने मनसुन सक्रिय भएर थप पानी पर्न थालेपछि आकाशको पानीमा निर्भर हुनुपर्ने ठाउँहरूमा पनि रोपाइँ सुरू भएको छ।

रोपाइँ सुरू भएसँगै गाउँघरमा असारे भाकाका लोकगीत गुन्जिन्छ। रेडियो टेलिभिजनहरूले पनि असारे भाकाका गीतहरू सुनाउन थाल्छ।

गाउँदै धान रोप्ने प्रचलन विस्तारै हराउन थालेको छ। असारे भाका र दैवज्ञराज न्यौपानेले लेखेको ‘किसानको रहर’ शीर्षकको गीतको दुई हरफ ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ धेरैले सम्झन्छन्।

बुटवलको वडा नं १८ दुबौलीमा रोपाई महोत्सव गरिएको छ । बुटवल उपमहानगरपालकाका नगर प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवि अर्यालको उपस्थितिमा महोत्सव भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित