तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रोटरी क्लव अफ बुटवलको धन्यवाद ज्ञापन कार्यक्रम

बुटवल । रोटरी क्लव अफ बुटवलको धन्यवाद ज्ञापन कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न भएको छ ।

क्लवका अध्यक्ष करुण खनालले आफूले नेतृत्व गरेको वर्ष २०२३÷२४ को कार्यकाल सकिन लागेको अवसर पारेर धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेका हुन् । अध्यक्ष खनालको कार्यकाल जुन ३० बाट सकिंदै छ ।

कार्यक्रमबो उदघाटन गर्दै नेपाल मानव धर्म सेवा समितिका अध्यक्ष रामजी अधिकारीले रोटरीले स्वार्थ भन्दा माथि उठेर मानव सेवामा गरेको योगदानको प्रशंसा गरे । आजको मानिस खानाको भोको होइन, प्रेमको भोको रहेको भन्दै उनले प्रेमपुर्वक गरिएको काममा कहिल्यै स्वार्थ नहुने बताए ।

अनाथहरुको सेवामा मानव सेवा आश्रमले काम गरिरहेको र देशभरका अनाथहरुको अभिभावकत्व ग्रहण गरिरहेको भन्दै अध्यक्ष अधिकारीले असहायहरुको लागि समेत रोटरी जस्ता सामाजिक संस्थाहरु अभिभावक बन्न सक्नुपर्नेमा जोड दिए ।

मान्छेमा हुनु पर्ने मुख्य गुण मानवता भएको र मानवीय गुणले भरिपूर्ण मान्छे सधै सुन्दर देखिन्ने उल्लेख गर्दै अधिकारीले रोटरीले समाजसेवामा खेलेको भूमिकालाई दीगो र निरन्तर कायम राख्नुपर्ने बताए ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का एसिष्टेन्ट गभर्नर सुरज क्षेत्रीले क्लवले गरेका सामाजिक कार्यहरुले यसको प्रतिष्ठा सधै उचो हुने गरेको भन्दै सामाजिक काममा सबैलाई साथमा लिएर अगाडि बढे सफलता हासिल गर्न सकिने बताए । उनले रोटरी क्लव अफ बुटवलले यस वर्ष पनि उत्कृष्ट कामहरु गर्न सफल भएको बताए ।

कार्यक्रममा क्लवका प्रेसिडेन्ट इलेक्ट प्रज्वल थान्जु, निवर्तमान अध्यक्ष बोनिन पिया, क्लवका सचिव तारानाथ भट्टराई लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । त्यस अवसरमा क्लवका अध्यक्ष करुण खनालले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै रोटरीको नेतृत्व आफ्ना लागि अविस्मरणीय बन्न पुगेको बताए । कार्यक्रममा क्लवका बोर्ड सदस्य र सहयोग गर्नेहरुलाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित