तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सुत्केरीलाई १५ सयको भाले, मृतकका परिवारलाई घिउ

तुलसीपुर उपमहानगरपालिकाको – ११ नम्बर वडा कार्यालले सुत्केरीलाई भाले र वडावासीको मृत्यु भए मृतकका परिवारलाई घिउ दिने नीति अख्तियार गरेको छ।

वडाध्यक्ष मानबहादुर रावतले वडाका सुत्केरी महिला हरेकलाई एक हजार ५ सय बराबरको भाले उपहार दिने नीति लिइएको बताए।

तर, २० वर्ष भन्दा कम उमेरका आमाहरु सुत्केरी भएको पाइएमा भने त्यो उपहार प्रदान गर्न नसकिने उनले बताए ।

त्यस्तै मानिसको मृत्युपछि मृत्यु संस्कार अवधिभर वडा कार्यालयले एक किलो घिउ घर परिवारलाई उपलब्ध गराउने भएको छ।

जनप्रतिनिधि आफै घरमा पुगेर ती सामाग्री उपलब्ध गराउने वडाध्यक्ष रावतले जानकारी दिए।

त्यस्तै सर्प दंशका बिरामीको उपचारका लागि एम्बुलेन्स सेवा निशुल्क उपलब्ध गराउने वडा कार्यालयले निर्णय गरेको छ।

‘सर्पदंशका बिरामीलाई उपचारका लागि अस्पताल पुर्‍याउन एम्बुलेन्समा लागेको खर्च अबदेखि वडा कार्यालयले ब्यहोर्ने छ,’ वडाध्यक्ष रावतले भने, ‘पैसा अभावमा कतिपय गाउँघरका मानिसले अस्पतालमा समयमै उपचार गर्न नलगी झार फुक गराउन लाग्दा अकालमा ज्यान गुमाउने पर्ने दुःखद क्षणहरु नदोहोरिउन भन्ने हाम्रो उदेश्य हो।’

वुधबार आफ्नो नीति तथा कार्यक्रम पारित गर्दै तुलसीपुर ११ को वडा कार्यालयले नजिकको सरकार हुनुको नाताले जनताको सुख दुःखमा उपस्थिती जनाउन सुत्केरीलाई भाले, मृत्यु संस्कार पछि घिउ दिने नीति अख्तियार गरेको वडाध्यक्ष रावतले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित