तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

होटल पौवाका चारवटा शाखा ‘अति उत्तम’ प्रमाणित

नेपाली खानाका परिकारमा अलगै पहिचान बनाएको होटल पौवाका चार वटा शाखाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अति उत्तम प्रमाणित गरेको छ ।

बाँकेको नेपालगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट दाङको देउखुरीस्थित भालुवाङ शाखा, कपिलवस्तुस्थित कार्यालयबाट गोरुसिंगे शाखा, रुपन्देही कार्यालयबाट बुटवलस्थित योगीकुटी र भैरहवास्थित शाखालाई अति उत्तम प्रमाणित गरिएको होटल पौवाले जनाएको छ ।

पौवाका बाण्ड प्रमख विष्णु भण्डारीले चार वटै शाखामा चेकजाँचपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यस्तो प्रमाणपत्र दिएको बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले होटल ततथा रेस्टुरेन्टहरुका खाना गुणस्तरीय, स्वस्थवर्द्धक भए नभएको, तेलको प्रयोग के कस्तो, लेबल कस्तो, किचन सरसफाइमा ध्यान दिएको वा नदिएकोलगायतका विषयमा चेकजाँच गरेर प्रमाणपत्र दिने गर्दै आएको छ ।

भण्डारीले हरेक शाखामा नेपाली खानाका परिकारलाई प्राथमिकताका साथ गुणस्तरमा ध्यान दिँदै बनाइरहेको र नेपाली संस्कृति संरक्षणमा समेत विशेष ध्यान दिएर ती पर्वअनुसारका खानाका परिकार बनाइरहेको जानकारी दिए ।

‘हामीले यसै पनि सबै शाखाको गुणस्तर, सरसफाइलगायतका विषयमा प्रमुख ध्यान दिएका हुन्छौं नै । त्यसमाथि सरकारी नियामक निकायबाटै अति उत्तम प्रमाणित हुनु सकारात्मक हो’, उनले भने, ‘आगामी दिनमा यस विषयमा यसअघिका प्रतिबद्धतालाई ध्यान दिँदै अगाडि बढ्नेछौं ।’

२०७३ सालमा स्थापना भएको पौवाको हाल नेपालका विभिन्न स्थानमा १३ वटा शाखा सञ्चालनमा छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित