बाँकेमा बसको ठक्करबाट एक महिलाको मृत्यु, घटनास्थलमा तनाव सिद्धार्थ राजमार्गअन्तर्गत दोभान क्षेत्रको कालोपत्र गुणस्तर नपुगेको भन्दै उप्काउन थालियो लुम्बिनीका ‘धनी सांसद’मा नैतिकताको खडेरी (ईन्फोग्राफिक्स सहित) तिलोत्तमा–५ मा का सडक वत्ती जडान गर्दा भेटियो ‘अनियमितता’ लियो सिद्धबाबाको रक्तदानमा ४५ यूनिट संकलन तिलोत्तमाबाट देखिएको खुलेको आकाश (फोटो फिचर) धेरै भूभागमा पानी पर्दै, अबको ३ दिन कता-कता छ भारी वर्षाको सम्भावना? बुटवल बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा सभामुख न मन्त्री, ओलीले किन काटे छविलाल विश्वकर्माको नाम ? रुपन्देहीमा एक हप्तामा ३१ हजार सवारी चालकलाई लेन अनुशासन शिक्षा                
समाचार :

१५ दिने ब्रेल लिपी सिप विकास तालिम

बुटवल।
रुपन्देही नेत्रहिन संघ बुटवल १२ को आयोजना तथा बुटवल उपमहानरपालिका को आर्थिक सहयोगमा १५ दिने ब्रली लिपीसम्बन्धी सिप विकास तालिम सुरु भएको छ । तालिमको विहिबार एक कार्यक्रका विच बुटवल उपमहानरापलिकाका प्रमुख खेलराज पाण्डेयले रुपन्देही नेत्रहिन संघको कार्यालय बुटवल १२ तामनरमा सुरुवात गरे ।
तालिम शुभारम्भ गर्र्दै नगर प्रमुख पाण्डेयले आगामी आर्थिक बर्ष देखि बुटवल उपमहानरपालिकाले अपाङ्गता भएका व्याक्तिहरुको लागि तालिम प्रदान गर्ने ग्यारेन्टी सहितको बजेट व्यवस्थापन गरेको जानकारी दिए । उनले यो बर्ष अपाङ्गता भएका विभिन्न प्रकृतिका १०० जनालाई तालिम छुट्टाएको जानकारी दिदै तर अहिले ६० जनाको मात्रै तालिमको लागि आवेदन आएकोले सोही अनुसार तालिम आयोजना गरिएको जानकारी दिए ।
उनले शाररिक अपाङ्गता भएका व्याक्तिहरुको लाग चुरापोते बनाउने तालिम, बहिरापना भएका व्याक्तिहरुको लागि बटिष्टटा तालिम र दृष्टिविहिनता भएका व्याक्तिहरुको लागि ब्रेल लीपी सम्बन्धी सिप विकास तालिम प्रदान यहि बर्षबाट सुरुवात भएको जानकारी दिए ।
अपाङ्गता भएका व्याक्तिहरुको लागि बजेटमा नै तालिमको व्यवस्थापन गर्ने बुटवल पहिलो पालिका भएको भन्दै नगर प्रमुख पाण्डेयले अपांगता भएबम व्याक्तिहरुको लागि तालिम हकको रुपमा समेत स्थापपित भएको जानकारी दिए । उनले भने –‘यो बर्ष देखि हामी हकको रुपमा सुनिश्चित गरेका छौ, आगामी बर्षमा समेत बजेट कटौती नहुने गरी काम सुरुवात भएको छ ।’
तालिममको सिकेको सीपलाई व्यवहारिक रुपमा लागू गरी स्वरोजगार र आत्मनिर्भर बन्नको लागि आग्रह गर्दै नगर प्रमुख पाण्डेयले सोही अनुसारको अन्य एड्भान्स तालिम समेत प्रदान गर्नको लागि नगरपालिका सकारात्मक रहेको बताएका थिए ।
तालिम शुभारम्भ कार्यक्रममा बोल्दै बुटवल उपमहनगरपालिका उप प्रमुख सावित्रा देवी अर्यालले बुटवललाई यो बर्ष तालिमको हवको रुपमा विकास गरिएको जानकारी दिईन् । उनले सोही अनुसार अहिले मागमा आधारिता तालिम प्रदान गर्नको लागि नगरपालिकाले टोल टोलमा तालिम सञ्चालन गरेको जानकारी दिईन् ।
अपाङ्गता एउटा अवरोध भएको भन्दै उनले जो सुकै व्याक्तिमा हुने अवरोध हटाएर सोही अनुसार अगाडी बढ्ने हो भने सफलता प्राप्त गर्न सकिने तर्फ सबैले विशेष ध्यान दिनुपर्ने उप प्रमुख अर्यालयको भनाई रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल नेत्रहिन संघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा रुपन्देही नेत्रहिन संघका पुर्व अध्यक्ष बालकृष्ण मरासीनीले विगत लामो समय देखि बुटवल उपमहानरपालिकाले नेत्रहिन संघलाई सहयोग गर्दै आएको स्मरण गर्दै आगामीदिनमा पनि सहयोग हुने अपेक्षा समेत व्याक्ति गरे । उनले जग्गा प्राप्ती देखि लिएर भवन निर्माण र अहिले आएर अपाङ्गता मैत्री सौचालय समेत निर्माणको लागि नगरपालिका वडा ले सहयोग गरेको जानकारी दिदै स्थानीय तहले अपाङ्गता भएका व्यवाक्तिहरुलाई सदैभ सकारात्मक रुपमा हेर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा नेत्रहिन संघ रुपन्देहीका अध्यक्ष कृष्ण बहादुर जिसी, कोषाध्यक्ष ओम बहादुर सिंह, सचिव नेत्रनिधी ढकाल लगायतले आआप्mनो भनाई राखेका थिए । १५ दिन सम्म चल्ने तालिममा दिलमाया चौधरीले सहजीकरण गर्ने छिन् । तालिम शुभारम्भ कार्यक्रममा बुटवल उपमहानरपालिका वडा नम्बर १२ का अध्यक्ष डिल्ली प्रसाद शर्मा,, बुटवल उपमहानरपालिका सामाजिक विकास तथा पञ्जीकरण शाखा प्रमुख संगीता अर्यालय, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय सदस्य तथा राष्ट्रिय निर्देशक समिति सदस्य सावित्रा घिमिरे, नेपाल नेत्रहिन संघ केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश ईन्चाजए शिला घिमिरे जिसी, गणेश टोल विकास समितिका कावा अध्यक्ष सिता वाग्ले लगायतको सहभागीता रहेको थियो ।
सोही कार्यक्रममा बुटवल उपमहानरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको अपाङ्गता मैत्री सौचालयको चापी रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसीलाई प्रान गरी औपचारिक रुपमा शुभारम्भ गरिएको थियो । नगर प्रमुख खेलराज पाण्डे, उप प्रमुख सावित्रा देवी अर्यालय, वडा अध्यक्ष डिल्ली प्रसाद शर्माले अपाङ्गता मैत्री शौचालयको चाँपी अध्यक्ष जिसीलाई प्रदान गरेका थिए । बुटवल उपमहानरपालिका र संघकाे गरि १६ लागतमा उक्त अपाङ्गता मैत्री सौचालय निर्माण भएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार