पूर्वमै रोकियो मनसुन, अझै केही दिन गर्मी बढ्ने

चार दिनअघि कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन देशका अरु ठाउँमा पुग्न अझै केही दिन लाग्ने भएको छ । मनसुनी प्रणाली अझै पनि कोशी प्रदेशबाट अघि बढ्न सकेको छैन ।

अहिले मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु नै बलियो छ । पश्चिमी वायु बलियो हुँदा भारततर्फबाट तातो हावा आउने गर्छ ।

मनसुनी प्रणाली देशभर फैलिन समय लागेसँगै गर्मी बढ्दै गएको छ । काठमाडौंसहित देशका धेरै ठाउँमा केही दिनयता गर्मी ह्वात्तै बढेको छ । मध्य र पश्चिम तराईमा अझ धेरै गर्मी छ ।

पश्चिम तराईमा सबैजसो ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

देशका धेरै ठाउँमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित