रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

साउनदेखि बायोमेट्रिक प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्दै तिलोत्तमा

तिलोत्तमा नगरपालिका पंजीकरण उपशाखा अन्तर्गत सामाजिक सुरक्षा भत्ता, ईएफटी प्रणाली र बायोमेट्रिक प्रणालीको बिषयमा वडा सचिव तथा बैंकका प्रतिनिधिहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नगरपालिकाले आगामी साउन बाट बायोमेट्रिक मार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई नविकरण र नयाँ दर्ता गर्दा सो प्रणाली लागु गर्ने छ।

सो को लागि सबै लाभाग्राहीहरुको राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य भएकोले लाभाग्राहीहरुले असार मसान्त भित्रै सोको बारेमा टुंगो लगाई वडा कार्यालयमार्फत नविकरण गर्न सक्नेछन ।

बायोमेट्रिकका लागि नेपालभर ५० पालिका मध्ये तिलोत्तमा नगरपालिकामा सो प्रणाली लागु भएपछी सबै वडामा सो सम्बन्धि मेसिन समेत विभागले पठाएको छ।

कार्यक्रममा नगरपालिका मार्फत भत्ता बितरण गर्ने ११ बैंकका सबै प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्य, पंजीकरण शाखाका युवराज तिवारी, मोहन न्यौपाने, लेखापाल पदमप्रसाद पाठक र सामाजिक शाखा प्रमुख बिनोद ज्ञवाली, रुद्र अधिकारीले सो बारेमा सहजीकरण गरेका थिए।

कार्यक्रममा सबै वडा अकर्यलायाका वडा सचिव र बैंकका कर्मचारी तथा नगरपालिकाका सम्बन्धित शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार