रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

जेष्ठ २७ मा तिलोत्तमाको उद्यम, ज्ञान तथा रोजगार सूचना मेला २०८१ हुने

तिलोत्तमा नगरपालिकाको आयोजनामा जेठ २७ गते आइतबार उद्यम ज्ञान तथा रोजगार सुचना मेला कार्यक्रम हुने भएको छ।

तिलोत्तमा नगरपालिका वडा न.-९ मा अवस्थित बोधी भिल्लाको हलमा कार्यक्रम गर्न लागिएको आज नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक तथा वडा अध्यक्ष गणेश पाठकले जानकारी दिए ।

तिलोत्तमा नगरभित्र रहेका युवा, बिद्यार्थी, उद्यमसङ्ग जोडियका सबैलाइ एकै ठाउमा जम्मा पारेर उद्यमसँग जोडिन उत्प्रेरित गर्ने, उद्यमिहरुको सम्मान र उनिहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शन साथै निजि क्षेत्रसङ्ग सहकार्य गरेर योग्यता, सीप दक्षता भएका ब्यक्तिहरुलाई केही मात्रामा भएपनि रोजगार दिलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको संयोजक पाठकले बताए ।

बेरोजगार युवायुवतीहरुलाई स्थानिय सरकारले विभिन्न माध्यमबाट स्वदेशमै बसेर यही माटोमा केही गर्न सकिन्छ भन्ने आशाको सन्चार गराउदै यो कार्यक्रम सबैको लागि एक अवसर बन्न सक्ने कार्यक्रमका सदस्य तथा कार्यपालिका सदस्य रवी सेन्चुरीले बताए।

अघिल्लो बर्षको यस कार्यक्रमले युवाहरुलाई रोजगारसंग जोडेको बताउदै कार्यपालिका सदस्य सेन्चुरीले बताउनुभयो। युवाहरुलाई केन्द्रित गरिएको सो कार्यक्रममा उद्यम गरेका , लघुउद्यमसंग जोडिएका, सफल व्यापारी, उद्योगी, ज्ञान नवप्रबर्तन तथा आइडियाजहरु प्रस्तुत गरिने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्यले जानकारी दिए ।

कार्यक्रमलाई सफल बनाउन तिलोत्तमा वासीहरुको सहयोग आवश्यक भएकोले यस कार्यक्रमलाई सुनौलो अवसरको रुपमा लिन संयोजक गणेश पाठकले आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार