युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

जेष्ठ २७ मा तिलोत्तमाको उद्यम, ज्ञान तथा रोजगार सूचना मेला २०८१ हुने

तिलोत्तमा नगरपालिकाको आयोजनामा जेठ २७ गते आइतबार उद्यम ज्ञान तथा रोजगार सुचना मेला कार्यक्रम हुने भएको छ।

तिलोत्तमा नगरपालिका वडा न.-९ मा अवस्थित बोधी भिल्लाको हलमा कार्यक्रम गर्न लागिएको आज नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक तथा वडा अध्यक्ष गणेश पाठकले जानकारी दिए ।

तिलोत्तमा नगरभित्र रहेका युवा, बिद्यार्थी, उद्यमसङ्ग जोडियका सबैलाइ एकै ठाउमा जम्मा पारेर उद्यमसँग जोडिन उत्प्रेरित गर्ने, उद्यमिहरुको सम्मान र उनिहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शन साथै निजि क्षेत्रसङ्ग सहकार्य गरेर योग्यता, सीप दक्षता भएका ब्यक्तिहरुलाई केही मात्रामा भएपनि रोजगार दिलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको संयोजक पाठकले बताए ।

बेरोजगार युवायुवतीहरुलाई स्थानिय सरकारले विभिन्न माध्यमबाट स्वदेशमै बसेर यही माटोमा केही गर्न सकिन्छ भन्ने आशाको सन्चार गराउदै यो कार्यक्रम सबैको लागि एक अवसर बन्न सक्ने कार्यक्रमका सदस्य तथा कार्यपालिका सदस्य रवी सेन्चुरीले बताए।

अघिल्लो बर्षको यस कार्यक्रमले युवाहरुलाई रोजगारसंग जोडेको बताउदै कार्यपालिका सदस्य सेन्चुरीले बताउनुभयो। युवाहरुलाई केन्द्रित गरिएको सो कार्यक्रममा उद्यम गरेका , लघुउद्यमसंग जोडिएका, सफल व्यापारी, उद्योगी, ज्ञान नवप्रबर्तन तथा आइडियाजहरु प्रस्तुत गरिने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्यले जानकारी दिए ।

कार्यक्रमलाई सफल बनाउन तिलोत्तमा वासीहरुको सहयोग आवश्यक भएकोले यस कार्यक्रमलाई सुनौलो अवसरको रुपमा लिन संयोजक गणेश पाठकले आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित