रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

अन्जु थापा बनिन् उत्कृष्ट उद्यमी,जितिन् १ लाख पुरस्कार

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका उद्यमीहरुमध्ये उत्कृष्ट ९ द्रुतिकृत महिला उद्यमी छनौट सम्मान तथा उत्कृष्ट उद्यमीका रुपमा अन्जु थापाले १ लाख पुरस्कार जितेकी छन् ।

तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम द्रुतिकरण कार्यक्रम अन्तर्गत उद्यम योजना तथा लगानी प्रस्तुति कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ट उद्यमीलाई १ लाख, फस्ट रनर आफलाई ७५ हजार र ७ उद्यमीलाई अब्बल उद्यमीको रुपमा सम्मान गरिएको थियो ।

वृद्धि उन्मुख महिला उद्यमीहरुको पहिचान, छनोट भएका उद्यमीहरुको उद्यम सोच, सिप र क्षमता अभिवृद्धि साथै उद्यम विकास, नेतृत्व विकास, उद्यमीहरुको वित्तीय पहँुच, बजारीकरण सीप तथा सरकारको कार्यक्रममा पहुँच निर्माण, ग्रामीण उद्यमको दिगो विकासका लागि उद्यम परितन्त्र हितको उद्यमशील पालिका निर्माण, उद्यम ज्ञान, सिकाई, र अनुभव संप्रेषण र उद्यममा नविनतम तथा उद्यम चुनौति कोषमार्फत प्राविधिक सहकार्य गरिएको छ ।

कार्यक्रम प्रतियोगात्मक मोडेलमा संचालन गरिएको यो कार्यक्रममा आ।व। २०८००८१ दायित्वले तिलोत्तमा नगरपालिकासंगको सहकार्यमा चौथो संस्करणमा ८० महिलाहरुबाट २० र २० महिला उद्यमीबाट सवल १० महिला उद्यमी चयन छनौट गरेको थियो ।

यसरी छनोट भएका ९ महिला उद्यमीले उद्यम योजना तथा लगानी प्रस्तुती कार्यक्रम समायोजन गरेका थिए । सबल ९ उद्यमीहरुबाट उत्कृष्ट उद्यमी तिलोत्तमा, अब्बल उद्यमी तिलोत्तमा चयन गरिएको छ । जसको लागि हरेक उद्यमीले आप्mनो उद्यम योजना प्रस्तुत गरेका थिए ।

उद्यमीको उद्यम दु्रतीकरण, कार्यक्रमको लक्ष्य सम्पादन, उद्यमीको नवप्रवर्तन प्रयास, कार्य प्रतिबद्धता तथा प्रस्तुतिका आधारमा निर्णायक समिति, सुझाव मण्डल र विभिन्न विद्यालय (राममणि बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, नेपथ्य क्याम्पस, केपिन कलेज र पशुपति क्याम्पस ) का विद्यार्थीहरुको स्वतन्त्र हाम्रो उद्यम, हाम्रो मत मण्डलबाट छनोट गरिएको जानकारी दिइएको थियो ।

यो कार्यक्रममा अञ्जु थापा उत्कृष्ट उद्यमी, सिमा शर्मा पाण्डे अब्बल फस्ट रनर अप उद्यमी र शर्मिला पाण्डे, मञ्जु गुरुङ्ग, सुनिता कुमारी रेग्मी, मिना पाण्डे, मिना कुमारी बस्याल, कविता पाण्डे र केशर कला थापा ७ जना उद्यमीहरु अब्बल उद्यमीका रुपमा पुरस्कृत भएको दायित्वका कार्यक्रम प्रबन्धक संजय पोख्रेलले जानकारी दिए ।

यो कार्यक्रमले उद्यम उद्यमी मात्र नभएर समग्र पालिकाको उद्यम परितन्त्रलाई सवलिकरण गर्दै आर्थिक बृद्धि, स्थानीय रोजगारी सृजना गरिरहेको दायित्व अभियान कार्यकारी निर्देशक सुशित ढकालले बताए ।

तिलोत्तमा नगरपालिका अन्तर्गतको यो चौथो संस्करण कार्यक्रममा तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांणले महिला उद्यमीको ऊर्जाका लागि यस खालका कार्यक्रम अघि बढाइएको बताए ।

नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम द्रुतिकरण कार्यक्रमले उद्यमी उद्यम परितन्त्र र अर्थतन्त्रमा पालिकामा ठूलो तेवा पुर्याउँदै आएको उनले बताए । उपमेयर जगेश्वरदेवी चौधरीले पालिकाले यसलाई निरन्तरता दिने र उद्यमीले पनि यसलाई निरन्तरता दिनुपर्ने बताइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार