रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

बुटवलको रोजगार मेलाबाट ३५ जनाले रोजगारी पाए, १ सय ५० जना दोश्रो चरणका लागि छनोट

बुटवल । बुटवलमा आयोजित श्रमाधान रोजगार मेलाबाट ३५ जनाले रोजगारी पाएका छन्। हिजो र आज २ दिन बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा चलेको ‍‍‍‍मेलाको ६ हजार जना भन्दा बढीले अवलोकन गरेको आयोजक बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

उनका अनुसार ४१ वटा स्टलबाट ७ सय ३१ जनाका लागि आवेदन आह्वान भएकोमा रोजगारीका लागि १ हजार २ सय २८ जनाले आवेदन दिएका छन्।

मेलामा ५ सय जनाले वैदेशिक रोजगार, मनोसामाजिक परामर्श, वित्तिय साक्षरतासम्बन्धी परामर्श सेवा प्राप्त गरेको उनले बताए। पाण्डेयका अनुसार मेलाबाट ३५ जनाले रोजगारी प्राप्त गरेका छन् भने १ सय ५० जना दोश्रो चरणका लागि छनोट भएका छन्।

पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताको लागि कार्यक्रम सहायक सिद्ध भएको बताए।

श्रम कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद खनालले मेलाबाट आन्तरिक र बाह्य रोजगारीको लागि सहजीकरण गरिएको बताए।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा लुम्बिनी प्रदेशस्तरीय रोजगार मेलामा ४१ वटा औद्योगिक प्रतिष्ठानहरूका स्टल रहेका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार