तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लायन्स क्लब अफ बुटवल क्षितिजको अध्यक्षमा खनाल

लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२४/२५ का लागी  क्लबको नबौ अध्यक्षको रुपमा आबिस्कार खनाल निर्वाचित भएका छन ।
लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२३/२४ का अध्यक्ष लायन धुर्ब कुमार शर्माको अध्यक्षता सम्पन्न क्लबको  साधारण सभा एवं नबौ अधिबेशन बाट  आगामी लायन बर्ष २४/२५ का लागि खनालको नेतृत्वमा सर्बसम्मत नेतृत्व चयन भएको क्लबका पुर्ब अध्यक्ष एवं निर्वाचन आयुक्त नारायण थापाले जानकारी दिए ।
क्लबको प्रथम उपाध्यक्षमा  खरेल, द्वितीय उपाध्यक्षमा उदय खत्री , तृतीय उपाध्यक्षमा गुप्त पुन निर्वाचित भएका छन । त्यसैगरि क्लबको सचीवमा प्रदिप गुप्ता , कोषाध्यक्षमा गोपाल रेग्मि , क्लब निर्देशकमा इन्द्र प्रसाद भट्टराई र दिपक सापकोटा मनोनीत भएका छन भने मनोनीत गर्न  बाकी निर्देशकका पदहरुलाइ क्लबको आगामी बैठकमा पूर्णता  दिने बताइएको छ ।
अध्यक्षमा निर्वाचित भएसँगै खनालले लायन्स क्लब अफ बुटवल क्षितिजको गरिमालाइ कायम राख्दै लायन्सको मर्म र भावना अनुसार  बर्ष २४/२५ मा  सामाजिक गतिविधिहरुलाइ अगाडि बढाउने बताए ।
साधारण सभा एवं  अधिबेशनमा क्लबका सस्थापक अध्यक्ष राजिव श्रेष्ठ , पुर्ब अध्यक्षहरु मिलन कुमार पुन , फवन लाकौल,  नारायण थापा ,शंकर  पाण्डे , लोकेन्द्र लिम्बु लगायतले आ आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको संचालन बर्ष २३/२४ का सचीव गुप्त पुनले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित