तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

जेठ २३ र २४ गते बुटवलमा श्रमाधान रोजगार मेला हुने

बुटवल । यही जेठ २३ र २४ गते बुटवलमा श्रमाधान रोजगार मेला हुने भएको छ ।
बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी यहीँ जेठ २३ र २४ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा लुम्बिनी प्रदेशस्तरीय रोजगार मेला गर्न लागेका हुन्।
संघ, प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त रूपमा आयोजना गर्ने मेलामा ४० वटामा स्टलमा औद्योगिक प्रतिष्ठानहरूले रोजगारीमा प्रवेश गर्ने बाटो खोलिदिने सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताको लागि यो कार्यक्रम सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।
‘मेलामा सीप विकास, कार्यशाला, नेटवर्किङ सत्र, स्टलहरू र रोजगारीका अवसरबारे प्यानल डिस्कसनहरू हुनेछन्,’ उनले भने, ‘मेलामा ४० वटा स्टल हुनेछन् । जसमा बायोडाटा निर्माण, सिकाईसम्बन्धी उद्योग व्यवसाय तथा रोजगारदातासँग सम्बन्धित स्टलहरू वैदेशिक रोजगार कल सेन्टरलगायत सरकारी तथा निजी क्षेत्रका स्टलहरू मेलामा हुनेछन् ।’ श्रमाधान रोजगार मेलाले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा अघि बढ्ने प्रमुख पाण्डेयले बताए ।
श्रम कार्यालयका प्रमुख कृष्ण प्रसाद खनालले मेलाबाट आन्तरिक र बाह्य रोजगारीको लागि सहजीकरण पनि गरिने बताए ।
मेला बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा हुनेछ । त्यस्तै सुरक्षित आप्रवासन, रोजगार तथा रोजगारीको खोजी गर्नेहरूको आवश्यकता सम्बन्धी अन्तरक्रिया, कार्यक्रम पनि गरिने छ ।
विकासोन्मुख देशहरूले जस्तै नेपालले पनि रोजगारीको क्षेत्रमा विशेष गरी युवा बेरोजगारीका चुनौतीको सामना गरिरहेको छ ।
नेपालको ३० वर्षभन्दा मुनीको जनसंख्याको ६३.७ प्रतिशत छ । हरेक वर्ष ४० लाख नेपाली युवा श्रम बजारमा प्रवेश गर्ने गर्छन् ।
आन्तरिक रोजगारीलाई प्रवर्द्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउँदै सरकारले सातै प्रदेशमा समाधान रोजगार मेला आयोजना गरेको हो । देशका सातै प्रदेशमा हुने श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा ३० जेठमा समापन हुनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित