तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

अक्सफोर्ड एसईइ खुल्ला डान्स प्रतियोगिताको उपाधि मन्जिता रानाले जितिन्

रुपन्देहीको बुटवलमा भएको अक्सफोर्ड एसईइ खुल्ला डान्स प्रतियोगिताको उपाधि ज्ञानज्योति मावि देवदहकी विद्यार्थी मन्जिता रानाले जितेकी छन् ।

उनले रुपन्देही जिल्लाका ३३ प्रतिस्प्रर्धी समुहलाई पछिपार्दै ज्ञानज्योति देवदह टटेराकी राना प्रथम भएकी हुन् ।

उनले उपाधि सहित १५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरिन् । अक्सफोर्ड मावि सुख्खानगरले आयोजना गरेको एसईइ खुल्ला डान्स प्रतियोगितामा गुगल इन्ष्टिच्युट बुटवलबाट सहभागि भएका स्वीकृति खत्री र स्वीकृति बिकको समुह उपविजेता बनेको छ ।

उक्त समुह उपविजेता बन्दै नगद दश हजार, शिल्ड तथा प्रमाणपत्र हात पार्याे । यस्तै बुटवलको तिनाउ बोर्डिङका निष्ठा पुन मगर तृतीय भए भने होराईजन माविका किरण भण्डारी र कालिका मानवज्ञान माविका जेनिसा पौडेलले प्रोत्साहन पुरस्कार हात पारिन् ।

उनीहरुले क्रमश सात हजार, तीन हजार, शिल्ड तथा प्रमाणपत्र हात पारे । अक्सफोर्ड माविका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहले विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै विभिन्न समयमा आयोजना हुने प्रतिस्प्रर्धी प्रतियोगिताहरुले विद्यार्थीको बौद्धिक र शारिरिक विकासमा मद्धत पुग्ने विश्वास ब्यक्त गरे । उनले निजी शैक्षिक संस्थाहरुबाट समयसमयमा आयोजना हुने यस्ता प्रतियोगिताहरुले शैक्षिकसँगै अतिरिक्त कृयाकलाप वृद्धिमा समेत सहयोग पुग्ने बताए ।

कार्यक्रममा अक्सफोर्ड कलेज ब्यवस्थापन समितिका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुषाल, सहायक प्राचार्य मोहन क्षेत्री, बालकृष्ण पोखरेल, बुद्धदिप माविका प्राचार्य लेखनाथ गैरे, दिवाकर रेग्मी, कार्यक्रम संयोजक सुन्दर गुरूङलगायतले विद्यार्थीलाई शैक्षिकसँगै अतिरिक्त कृयाकलापमा बरावर सहभागि गराउनु पर्ने धारणा राखेका थिए।

नृत्य प्रतियोगितामा विद्यार्थीहरूले नेपाली मौलिकता झल्काउने खालका गीतहरूमा आफ्नो नृत्य प्रस्तुत गरेको कार्यक्रममा नृत्य निर्देशक सुमन थापा, सुमन पौडेलले निर्णायकको भुमिका निभाउनु भएको अक्सफोर्डका प्राध्यापक सुमन भुसालले जानकारी दिए । सामुदायिक तथा संस्थागत दुबै विद्यालयका विद्यार्थीहरुको खुल्ला रुपमै सहभागिता रहेको कार्यक्रमको संचालन पारू न्यौपानेले गरेकि थिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित