तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल अन्तर्गत शनिवार  देशका  ३ स्थानमा  जोनल कट्स सम्पन्न

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल अन्तर्गत शनिवार  देशका  काठमाडौं , भरतपुर र बुटवलमा  जोनल कट्स (Zonal COTS)  सम्पन्न भएको छ ।

सोहि अन्तरगत जोन १८ र जोन १९ को आयोजनामा  बुटवल स्थित क्षितिज इन्टरनेशल कलेजमा जोनल कट्स सम्पन्न गरिएको हो  जोन १८ र जोन १९ का जेडआरआर दिवस खनाल र बिदुर ज्ञवालिको संयुक्त अध्यक्षता ,रोट्रयाक्ट डिष्ट्रक बर्ष २०२४/२५ का डि आर आर बिक्रम क्षेत्रिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै  डि आर आर  क्षेत्रिले हरेक क्लबका अध्यक्ष , उपाध्यक्ष , सचीव , कोषाध्यक्ष लगायत सम्पुर्ण पदाधिकारी एवं सम्पुर्ण  पुराना तथा नया सदस्यहरुका लागि कट्स निकै प्रभावकारि हुने र  उक्त कार्यक्रमले हरेकलाइ  आफनो काम कर्तव्य र अधिकारको विषयमा जानकार बनाउने पनि बताए ।

बुटवलमा सप्पन्न भएको कार्यक्रममा  करिब  २६१ जना रोट्रयाक्टरहरुको सहभागीता रहेको थियो भने कट्स प्रशिक्षकको  भुमिका  बर्ष २४/२५ का लागि इलेक्ट डि आर आर दिनेश गैरे, डिष्ट्रीक सेक्रेटरी  सुबिन खड्का ,माधव पराजुली,अनुप पाण्डे,  निशान बाबु कार्की ,आबिस्कार पराजुली , सुबास के सि , आशिष सुबेदि  , नारायण भण्डारी लगायतले गरेका थिए ।

रोट्रयाक्ट क्लब अफ क्षितिज ईन्टरनेशनल कजेल र  रोट्रयाक्ट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पसको मुख्य आयोजना साथै रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउन , बुटवल साउथ , तिलोत्तमा रुपन्देही , रोट्रयाक्ट मणिग्राम, लुम्बिनी स्टार्स , तिनाउ सिटि , बुटवल चौतारी  र  रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीको  सह -आयोजनामा जोनल कट्स सम्पन्न  भएको रोट्रयाक्ट  डिष्ट्रीक बर्ष २०२४/२५ का मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित