तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नदी किनारामा रहेका विद्युत टावर संरक्षणका लागि पहल

तिनाउ नदी किनारमा रहेका विद्युत प्रसारण लाइनलाई संरक्षण गर्ने गरी नदीजन्य सामग्री उत्खनन गर्ने निर्णय गरिएको छ । तिनाउ खोलाबाट नदीजन्य सामाग्री उत्खनन् गर्दा विद्युत प्रसारण लाइनलाई असर नपर्ने गरी सामग्री निकाल्नुपर्ने तथा विद्युतको टावरमा क्षति पुग्ने सम्भावित जोखिमलाई मध्यनजर गरी उत्तरतर्फ केन्द्रित नदीको हालको बहावलाई पश्चिमतर्फ डाईभर्ट गर्ने निर्णय गरिएको छ ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चपाई, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, वडाअध्यक्ष दीपक बहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी, नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा इञ्जिनियर सुर्य पाण्डेसहितको टोली तथा सुरक्षा निकायका प्रमुखसहितको टोलीले सियारी ७ को भर्तापुर नाकाको अनुगमन तथा निरीक्षण गरी नदी संरक्षणका लागि सबैले सहकार्य गर्ने निर्णय गरिएको हो ।

सियारी गाउँपालिकाले ठेक्का लगाई नदीजन्य पदार्थ उत्खनन् भइरहेको स्थानमा सृजित स्थानीयबासीहरुको विरोध र उक्त स्थानमा रहेको विद्युत प्रशारण लाईनको ल्याटिक टावरको सुरक्षा लगायतका विषयमा छलफल गरी नदीजन्य सामग्री निकाल्दा नदीको नेचुरल फ्लो क्यानलिङ हुने गरी व्यवस्थित तरिकाले निकाल्ने, विद्युतको टावर अगाडिको स्थानमा ग्याभियन पर्खाल लगाई टावरको सुरक्षा गर्ने निर्णय गरिएको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर १४ सँग सिमाना जोडिएको उक्त घाटमा रहेको विद्युत प्रसारण लाइन जोखिममा परेपछि त्यसको सुरक्षाका लागि विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा, सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिका समेतको त्रिपक्षीय लगानीका लागि छलफल गरी संरक्षणात्मक प्रबन्ध तत्काल गर्ने निर्णय समेत गरेको छ ।

तिनाउ नदीको तिलोत्तमातर्फको किनार हुँदै बुटवलदेखि मैनहियासम्म १३२ केभी विद्युत प्रसारण लाइन लगिएको छ । उक्त विद्युत प्रशारण लाईनको संरक्षण तथा ठक्का लगाइएको नदीजन्य सामग्रीको उत्खनन्मा असर नपर्ने गरी काम गर्ने विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको भनाइ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित