तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मायादेवी गाउँपालिकामा हाईमास्ट लाइट जडान

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ७ को बनगाई चोकमा हाईमास्ट लाइट जडान कार्य सुरु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले हाईमास्ट लाइटको जग निर्माण कार्यको शिलान्यास गर्दै नागरिकलाई थप सहज हुने विश्वास व्यक्त गरे ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका पाण्डेयले आफू मन्त्री हुँदा विभिन्न योजना ल्याएको भन्दै लाइट जडान भएपछि शान्ति सुरक्षामा सहयोग पुग्ने बताए ।

ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत ऊर्जा महाशाखाका नवीन थापाका अनुसार मायादेवी–७ मा जडान हुने हाईमास्ट लाइटको उचाइ १६ मिटर रहेको छ ।

यसमा ८ वटा लाइट रहनेछ । एउटा लाइटको क्षमता ३ सय वाट रहेको छ । जसअनुसार ८ वटाको क्षमता २ हजार ४ सय वाट रहेको छ । लाइटको माथि नेपाली झन्डा समेत राखिनेछ । उनले जडान गर्न लागिएको लाइट नेपालमै बनेको र २ वर्ष वारेन्टी समेत रहेको जानकारी दिए ।

हाईमास्ट जडान गर्न सुरु गरिएको चोक बेथरी पुल नजिकै र मर्चवार क्षेत्र जाने मुख्य सडकमा पर्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित