तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पाल्पामा गोरु हत्या गरेको आरोपमा दुई जना पक्राउ

पूर्वी पाल्पाको रामपुरमा गोरु हत्या गर्ने दुुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोेदालो प्रहार गरी गोरु हत्या गर्ने रामपुरका ५२ वर्षीय तारानाथ नेपाली र पूूर्वखोला गाउँपालिका –१ का ३८ वर्षीय तिलकराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

गत मंगलबार रामपुर नगरपालिका –९ का तारानाथ नेपालीको गोठमा रहेको गोरुलाई उनीहरुले कोदालो प्रहार गरि हत्या गरेका थिए ।

गोरु हत्या गरेको जानकारी पाएसँगै ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । ति व्यक्तिहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित