दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा (फोटो फिचर)

बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा गरिएको छ । २५६८औं बुद्धजयन्तीका अवसरमा बिहीबार पदयात्रा गरिएको हो । मायादेवी मन्दिरबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्म पदयात्रा गरिएको हो ।

भिक्षु भिक्षुणीहरु, गुरुलामा, स्थानीय, विकास कोषका कर्मचारी, पर्यटक लगायतकको सहभागितामा शान्ति पदयात्रा गरिएको हो । बौद्ध झण्ड बोकेर विभिन्न पहिचानसहित पदायात्रामा स्वस्फूर्त सहभागिता थियो । यस्तै, विभिन्न झाँकी पनि सहभागी थिए । यसले लुम्बिनी बौद्धमय बनाएको थियो ।
कोषको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुद्धजयन्ती विशेष समारोह भएको छ । त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री जोखबहादुर महरा, पर्यटनमन्त्री हितबहादुर तामाङ, श्रममन्त्री डिपी अर्याल, विभिन्न कुटनीति नियोगका प्रमुख तथा प्रतिनिधि लगायत उच्च अधिकारीहरु सहभागी थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित