तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित

नेकपा एमाले बाँके जिल्लाको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन्। प्रत्यासी डिल्ली विसीलाई एक सय ३७ मतान्तरले पछाडि पार्दै अध्यक्षमा गुरुङले निर्वाचित भएका ‍हुन्।

एमालेको ९औं जिल्ला अधिवेशनको अन्तिम नतिजा अनुसार गुरुङले दुई सय ९१ मत पाएर विजयी हुँदा अध्यक्षका अर्का प्रत्यासी विसीले एक सय ५४ मत ल्याएको निर्वाचन मण्डलले जनाएको छ । अध्यक्षमा तीन जनाको उम्मेदवारी परेकोमा अन्तिममा किस्मतकुमार कक्षपतीले उम्मेदवारी फिर्ता लिँदै गुरुङलाई समर्थन गरेका थिए। त्यसपछि उनलाई जितका लागि सहज भएको थियो ।

एमाले जिल्ला कमिटीको उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन्। खत्रीले तीन सय १३ मत ल्याउँदा प्रत्यासी रवीन्द्र लम्सालले एक सय ३८ मत पाए । यसैगरी, सचिवमा बलराम भट्टराई विजयी भएका छन्। सचिवका चार जना उम्मेदवार रहेकामा भट्टराईको निकटतम प्रतिस्पर्धी खिलप्रसाद भुसाल बने । भुसालले एक सय १७ मत ल्याएका थिए। भीम वलीले ९५ र दत्तप्रसाद आचार्यले ८८ मत ल्याए ।

सहसचिवमा किशोर थापा ठूलो मतान्तरले विजयी भएका छन्। थापाले दुई सय ६३ मत ल्याउँदा प्रतिस्पर्धी दीपककुमार बर्माले एक सय २९ र सोहनलाल यादवले ४५ मत प्राप्त गरे । महिला सहसचिवमा निर्मला सुनार विजयी भएकी छन्। सुनारले एक सय ९८ मत ल्याउँदा प्रतिस्पर्धी शारदा विकले एक सय ३४ र रचना श्रेष्ठले एक सय १५ मत पाइन् ।

जेठ ४ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशन आज सकिएको छ। जिल्ला कमिटीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सहमती नहुँदा निर्वाचन भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित