तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गुल्मी इस्माका अग्निपीडितका आवास बनाउन ज्यामी अभाव

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-२, सिदुङ्खाका अग्निपीडितका लागि आवास निर्माण सुरु भएको छ । तर, सम्झौताबमोजिम संरचना बनाउन ज्यामी अभाव भएको छ ।

सिदुङ्खाका अग्निपीडितहरु आवास निर्माणका लागि पुरानो संरचना हटाएर घर निर्माण सम्झौता भएको वडाअध्यक्ष लोकनाथ आचार्यले बताए । वर्षात् अगाडि नै नयाँ आवासमा सार्ने गरी काम अगाडि बढाए पनि काम गर्ने ज्यामीको अभाव रहेको उनले बताए ।

आगलागी पीडित परिवारले आवास निर्माणका लागि ५ लाख पाउने छन् । त्यसमा गाउँपालिकाले १ लाख र प्रदेश, संघ सरकारले ४ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । अग्निपीडितलाई जिन्सी सामानमा टिन र नगद पैसाको आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।

गत ८ वैशाखमा सामुदायिक वनबाट लागेको आगलागीबाट सबैभन्दा धेरै क्षति इस्मामा भएको थियो । इस्मा–२ सिदुङखामा मात्रै आगलागीबाट ३० वटा घरगोठ जलेर नष्ट भएका थिए । त्यससँगै मदाने, मुसिकोट, छत्रकोट, रूरू, गुल्मीदरबारमा धेरै क्षति भएको छ । अन्य स्थानीय तहमा आगलागीले क्षति पुर्‍याएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित