रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

बुटवल । बुटवलमा एम्बुलेन्सको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ । बुटवलको झोलुंगे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट बुटवल ११ देविनगरकी ५६ बर्षिय कमला नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट अन्य २ जना घाईते भएका छन् ।

आइतबार बिहान अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ को एम्बुलेन्सले नेपालीलाई ठक्कर दिएको थियो ।

एम्बुलेन्सको ठक्करबाट घाईते भएकी नेपालीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेपनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

एम्बुलेन्सको ठक्करबाट ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले गम्भीर बिरामी लिए आएको एम्बुलेन्सले मर्निङ वाकमा निस्किएकाहरूलाई ठक्कर दिएको बताए । ‘जेब्रा क्रसिङ नेर बाटो क्रस गर्दा हानेको जस्तो देखिन्छ । घटनाको अनुसन्धान भइरहेको छ,’ डीएसपी पण्डितले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार