मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकको अवस्था गम्भीर

बिहीबार साँझ गुल्मीको रुरुक्षेत्रमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पोखराबाट गुल्मीको तम्घास तर्फ जाँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ मक्वादीस्थित रिडी–तम्घास खडमा दुर्घटनामा परेको गुल्मीका एसपी राजन भुजेलले जानकारी दिए।

‘दुर्घटनामा बसका सहचालक जुम्ला घर भएका ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको छ,’ एसपी भुजेलले नेपालखबरसँग भने, ‘चालकसहित १२ जना घाइते छन्। त्यसमध्ये स्याङजा घर भएका चालक २८ वर्षीय मनोज बस्यालको अवस्था गम्भीर छ। पाँच जना घाइते आज (शुक्रबार) बिहान डिस्चार्ज भएका छन्। अरुकाे उपचार चलिरहेकाे छ।’

बसमा चालक र सहचालकसहित १३ जनामात्रै सवार थिए। घाइते सबैको पाल्पामै उपचार भइरहेको एसपी भुजेलले बताए।

बस सडकबाट झण्डै ६० मिटर तल खसेको छ। बस दुर्घटनाको कारण खुलेको छैन। तीव्र गतिको कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित