तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनीबाट सगरमाथा लगियाे अखण्ड शान्ति दीप

बुद्ध जन्मस्थल लुम्बिनीस्थित अखण्ड शान्ति दीपको ज्योति सगरमाथा आधार शिविर लगिएको छ। भिक्षु मैत्री महाअस्थबिर लगायतका मिक्षुले मंगल पाठ गरेर पिस फ्लेम ओलम्पियन बैकुन्ठ मानन्धरलाई हस्तान्तरण गरेर सगरमाथातर्फ लगिएको हाे।

लुम्बिनी र सगरमाथालाई एक साथ पहिचान गराई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनीबाट नेपाली ओलम्पियन, एथलेटिक्स र बक्सिङका राष्ट्रिय खेलाडीले सगरमाथा लागेका हुन्।

मानन्धर नेतृत्वमा एथलेटिक्सका राष्ट्रिय खेलाडी अर्जुन घिमिरे र सुरेन्द्र महर्जन, ट्रेल रनर बाबुराजा घिमिरे, बक्सिङका दीपक तामाङ र साउथ एशियन म्याराथन धावक राधा श्रेष्ठ ६ सदस्यीय टोलीले शान्ति दीपबाट लिएको पिस फ्लेम बोकेर मायादेबी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भ परिक्रमा गरेर निग्रोधाराम र तिलौराकोट परिक्रमा गरी काठमाडौँ लागेका छन्।

ज्योति सहित टोली मे २७ (जेठ १४) का दिन सगरमाथा आधार शिविर पुग्नेछन्। लुम्बिनी ज्योतिलाई मे २९ मा (एभरेष्ट डे)का दिन सगरमाथा आधार शिविरको परिक्रमा गराई विश्वको सबैभन्दा अग्लो स्थानमा आयोजित तेन्जिङ हिलारी एभरेष्ट म्याराथन शुभारम्भ गरिने म्याराथनका परिकल्पनाकार विक्रम पाणीकाजीले बताए। ओलम्पिक स्ट्यान्डर्डको म्याराथनका लागि ३३ मुलुकका १८० विदेशी सहित २५० जना दौड्ने छन्।

परिकल्पनाकार पाण्डेले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल रानी मायादेवी मन्दिर पवित्र बगैंचामा अनन्त ज्वाला (अखण्ड) बाट बुद्ध ज्वाला प्रज्वलन गरी प्रत्येक वर्ष सगरमाथाको लागि शान्ति टर्च मार्च निकाल्ने गर्दै आएकाे बताए।

उक्त अवसरमा लुम्बिनी विकास काेषका वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, सूचना अधिकारी राजन बस्नेत लगायतकाे उपस्थिति थियाे।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित