तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

परिवारले अन्तेष्टी गरिसकेको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट उत्खनन्

रुपन्देहीको मर्चवारमा मृत्यु भएको भन्दै परिवारले अन्तेष्टी गरिसकेको एक महिलाको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट उत्खनन् गरी निकालेको छ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं ७ भंगहिया बस्ने साहिदा खातुनको मृत्यु शंकास्पद भएको भन्दै मृतकका दाजुले प्रहरीमा जाहेरी दिएपछि रुपन्देही प्रहरीले फरेन्सीक बिज्ञको सहयोगमा कब्रस्थानबाट उत्खनन् गरेको जनाएको छ।
सम्मरीमाई गाउँपालिका वडा नं २ मझगावा बस्ने मृतकका दाजु मोहमद रफिक मुसलमानले आफ्नि बहिनीको मृत्यु परिवारको यातनाका कारण भएको भन्दै जेठ २ गते रुपन्देही प्रहरीमा निवेदन दिएका थिए।
उनले प्रहरीमा दिएको निवेदनमा आफ्नी बहिनी साहिदा खातुनलाई कोटहीमाई ७ भंगहिया बस्ने उनका श्रीमान जलालुदिन मुसलमानले बिभिन्न तरिकाले यातना, दुःख दिदै आएकोमा बैसाख २७ गते रहस्यमय तरिकाले मृत्यु भएको उल्लेख गरेका छन्।
रफिकले मृतकका श्रीमान र उनका परिवारले माईती पक्षलाई समेत जानकारी नदिई मुस्लिम परम्परा अनुसार सम्मरीमाई ७ भंगैयामा रहेको कव्रस्तानमा लगि सदगद गरेकोले आफुहरुलाई शंका लागेको उल्लेख गरेका छन्।
बहिनिको मृत्यु काल गतिले नभई घर पक्षका भिनाजु तथा परिवारले हत्या गरेको र उक्त शब उत्खनन्, परिक्षण समेत गरी अनुसन्धान तथा कार्बाही गरी पाउ भनि निवेदन दिएपछि उत्खनन् गरिएको रुपन्देही प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रन्जितसिंह राठौरका अनुसार बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोलीले लुम्बिनि प्रादेशिक अस्पतालबाट फोरिन्सिक चिकित्सक डा.बिप्लव मानन्धरको अनुगमन र निगरानीमा शव गाडेको स्थानबाट निकालिएको थियो।
उत्खनन् गरिएको शव लुम्बिनी प्रादेशिक अस्पतालमा लगि पोष्टमार्टम गरि परिवारलाई बुझाईएको र घटनाका बिषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित