रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि राजनलाई

बुटवल । बुटवलमा सम्पन्न राष्ट्रिय हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत राजन रोक्काले जितेका छन्। उनले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन्।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विहिबार बुटवलमा राष्ट्रिय हाफ म्याराथन तथा रोड रेस प्रतियोगिता आयोजना गरेको थियो। म्याराथनमा च्याम्पियन बनेका रोक्काले नगद एक लाख रुपैयाँ पुरस्कार हात पारेका छन्। ‘सबैका लागि खेल’ भन्ने नारा सहित आयोजना गरिएको म्याराथनमा नेपाली सेनाकै नरेन्द्र रावत दोश्रो भएका छन्। १ घण्टा १० मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरेका रावतले नगद ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै नेपाली सेनाकै रामजी बस्नेतले १ घण्टा १० मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै तेश्रो भएका छन्। बस्नेतले नगद ५० हजार पुरस्कार प्राप्त गरेका छन्। हाफ म्याराथनमा जुम्लाका दुर्गा बुढा चौथो, नेपाली सेनाकै श्रीष लाल पाँचौ तथा सशस्त्र प्रहरीका किरण सिंह बोगटीले छैटौं स्थान प्राप्त गरेका छन्। चौथो बनेका बुढाले ३० हजार, पाँचौं बनेका श्रीष लालले २० हजार र छैटौं बनेका बोगटीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

बुटवल बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत बुटवलको कालिकानगरबाट सुरु भएको हाफ म्याराथन तिलोत्तमाको पत्थरडाँडा पुगेर योगिकुटी आई समापन भएको थियो। प्रतियोगिता संयोजक तथा एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहन बहादुर घलेका अनुसार एकेडेमीले मदन भण्डारी स्मृति दिवसको अवसरमा राष्ट्रिय खुल्ला हाफ म्याराथनसँगै थप चार विधाका रोड रेस प्रतियोगिता समेत आयोजना गरेको थियो।

जसमा १० किलोमिटरको खुल्ला महिला दौड प्रतियोगिता, १० किलोमिटर दुरीकै कलेज स्तरिय खुल्ला छात्र दौड, पाँच किलोमिटर दुरीको विद्यालय स्तरिय खुल्ला छात्र र तिन किलोमिटर दुरीको खुल्ला छात्रा दौड प्रतियोगिता राखिएको थियो।

सबै विधाका प्रतियोगितामा प्रथमदेखि छैटौंसम्म हुने खेलाडीहरुलाई नगद सहित पुरस्कृत गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए। प्रतियोगिताका उत्कृष्ट धावकहरुलाई नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले पुरस्कार प्रदान गरेका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित