तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा मनाइयो २०४ औं नर्सिङ दिवस

बुटवल । नेपाल नर्सिङ संघ बुटवल शाखाको आयोजनामा आइतबार २०४ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । हरेक वर्षको मे १२ का दिन मनाइने नर्सिङ दिवस यस वर्ष ‘आवर नर्सेस आवर फ्यूचर, द इकोनोमिक पावर अफ केयर’ अर्थात हाम्रा ‘नर्सहरु हाम्रा भविष्य हुन, हेरचाहको आर्थिक शक्ति’ भन्ने मूल नाराकासाथ मनाइएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले नर्सिङ पेसाका जनशक्तिहरु नेपालमा अभाव हुँदै जाने अवस्था सिर्जना हुन थालेकोप्रति चिन्ता व्यक्त गरे । लुम्बिनी प्रादेशिक अस्पतालमा समेत सबैभन्दा बढी नर्सिङ सेवाका जनशक्तिहरुको आवागमन बढी हुने गरेको बताउँदै उनले जनशक्ति अभावको स्थिती सामना गर्नुपर्ने दिन आउँदै गरेको उल्लेख गरे । ‘स्वास्थ्य सेवामा लागेका व्यक्तिहरुलाई कुनै भूगोल वा देशको सीमाले बाँधेर राख्ने छैन जहाँ गएर पनि सेवा गर्छौ भन्ने हाम्रो नारा हो । तर, सबैभन्दा पहिले आफ्नो घरको सोच्नुपर्छ भन्ने सामाजिक मान्यता पनि छ ।’– थापाले भने । पछिल्लो समय नर्सिङ पेसाका जनशक्तिहरु विदेश पलायन हुँदा देशमा जनशक्ति घटिरहेको उल्लेख गर्दै उनले यसका लागि राज्यले उचित सेवा सुविधा र वातावरण सिर्जना गर्न आवश्यक रहेको आसय व्यक्त गरे ।

अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भक्त वत्सल राउतले सधै अरुको स्वास्थ्य र सेवामा खटिने नर्सिङहरुलाई आफ्नो पनि स्वस्थ्यमा ख्याल राख्न आग्रह गरे । यसैगरी अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले नर्सिङ पेसालाई विशिष्टिकृत गरेर अनुसन्धानात्मक पेसाको रुपमा बिकास गर्न आवश्यक रहेको उल्लेख गरे । अस्पतालकी नर्सिङ विभाग प्रमुख ज्योती पौडेलले पेसालाई बजारीकरण गर्न आवश्यक रहेको चर्चा गरिन् । कार्यक्रममा स्वागत गर्दै माधुरी ज्ञवालीले नर्सिङ पेसा विश्वका लागि एक आर्थिक शक्तिको रुपमा समेत बिकास हुँदै गएको उल्लेख गरिन् । नर्सिङ पेसाको महत्व विश्वका विभिन्न ठूला–ठूला युद्धमा मात्र नभई केही वर्ष अघि सामना गर्नु पर्नेको कोरोना महामारीको समयमा समेत महशुस गरिएको उल्लेख गरिन् । कार्यक्रमको अवसरमा एनआरटी विभागका भिम ज्ञवाली सहितको टोलीले नर्सहरुलाई खादाले सम्मान गरेको थियो ।

संघले दिवसको अवसरमा यसअघि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा महिलाहरुका लागि पाठेघर तथा स्तन क्यान्सरको स्क्रिनिङ गरिएको नर्सिङ विभाग प्रमुख ज्योती पौडेलले जानकारी दिइन् । १६१ जना महिलाको स्वास्थ्य परीक्षण गरिएकोमा १० जनामा पाठेघरको मुखको क्यान्सर हुन सक्ने लक्ष्यण तथा ३ जनामा स्तन क्यान्सर हुन सक्ने लक्ष्यण देखा परेको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा हाल ३ सय जना नर्सहरुले सेवा दिइरहेको कार्यक्रमका अवसरमा जानकारी गराइएको थियो । संघकी सदस्य चम्पा पालुङ्गेको अध्यक्षता तथा लुम्बिनी प्रादेशिक अस्पताल नर्सिङ निरीक्षक सिता खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित