तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

उच्च अदालत बार एशोसियशन बुटवलको अध्यक्षमा मरासिनी विजयी

उच्च अदातल बार एशोसियशन बुटवलको अध्यक्षमा गोविन्द्रप्रसाद मरासिनी विजयी भएका छन ।

बुटवलमा सम्पन्न २० औं अधिवेशनबाट दोब्बर भन्दा पनि बढी मत अन्तरले अध्यक्ष पदमा मरासिनी निर्वाचित भएका हुन ।

अध्यक्ष पदमा दुई जना विच प्रतिस्पर्धा थियो ।

अध्यक्ष पदमा निर्वाचित मरासिनीले ८४ मत प्राप्त गरे भने अर्का प्रत्यासी शर्मलाल पन्थीले ४० मत प्राप्त गरेकाे निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता शालिकराम वञ्जाडेले जानकारी दिए ।

उच्च अदालत बार एशोसियशन बुटवलको नेतृत्वको लागि दुई समुह प्रतिस्पर्धामा थियो ।

१३ सदस्यीय कार्यसमितिमा सचिव बाहेक अरु सबै पदमा मरासिनीले नेतृत्व गरेको टिमका उम्मेदवार विजयी भएका हुन् । उपाध्यक्ष पदमा ७६ मत सहित हिमलाल न्यौपाने विजयी भएका छन्। सचिव पदमा भने पन्थ समुहका नागेन्द्रप्रसाद यादव १ मतले विजयी भए ।

यादवले ६२ मत प्राप्त गर्दा मरासिनी समुहका लोकप्रसाद खरेलले ६१ मत प्राप्त गरे । सचिव बाहेक अरु सबै पदमा मरासिनी समुहका उम्मेद्वार विजयी भएका हुन् ।

कोषाध्यक्ष पदमा ८३ मत सहित निरन्जना पौडेल, सहिसचिव पदमा ७६ मत सहित कुसुम अर्याल निर्वाचित भएका छन । त्यस्तै सदस्य पदमा रविराज आचार्य, राजन नेपाल, शालिकराम तिवारी, चतुर्भुज पन्थ, यमुना गुरुङ, बाबुराम न्यौपाने, कृष्णप्रसाद बस्याल र कमलराज बस्याल निर्वाचित भएका छन् ।

केन्द्रीय पार्षद पदमा पनि मरासिनी समुहकै उम्मेद्वार विजयी भएका छन् । केन्द्रीय पार्षदमा शारदाकुमारी पौडेल नेपाल, दीपक कार्की, प्रकाशकुमार नेपाल, प्रदिप शेरचन, शान्ता पौडेल, हेमा न्यौपाने र कमलप्रसाद भट्टराई निर्वाचित भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित