तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलमा नाली थुनिएर दर्जनौं घर तथा उद्योग डुबानमा

शनिबार रातीदेखि परेको ठूलो पानीले बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । लामो समयदेखि पानी नपरेको र यहाँका अधिकांश नालीहरु फोहरले पुरिएकाले पनि एकैपटक ठूलो पानी पर्दा ती क्षेत्रहरु डुबानमा परेका हुन् ।

डुबानका कारण यहाँस्थित सबैभन्दा ठूलो निजी स्कुल न्यू होराइजनले आज विद्यार्थीहरुलाई बिदा दिएको छ । अन्य विद्यालयहरु पनि प्रभावित भएका छन् । सोह्रछत्तिस कुलोको छेलमा रहेको सो स्कुलमा रहेका तल्लो तलाका सबै कक्षाकोठाहरु डुबेका छन् भने मैदानभर सबै लेदोले भरिएको छ ।

वडा नं ११ मा पर्ने सो क्षेत्रमा रहेको कुलो थुनिएर बाढी पसेको र अन्य घरहरु डुबान परेको स्थानीयले जनाएका छन् । त्यसैगरी यहाँस्थित राससको प्रदेश कार्यालय, रुपन्देही उद्योग संघको कार्यालय, पश्चिम नेपाल बस समितिको कार्यालय सबै डुबानमा परेका छन् ।

बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले फूलबारी क्षेत्र, रासस कार्यालय वरिपरी र न्यू होराइजन स्कुल क्षेत्रमा रातीदेखि परेको ठूलो पानीका कारण डुबानमा परेको र अधिकांश ठाउँमा अहिले कम भइसकेको जनाएका छन् ।

रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले कार्यालयको तल्लो तलामा पूरै लेदोले भरिएर पस्न नमिल्ने भएकाले कार्यालय सार्न थालिएको बताए । राससका प्रमुख भरत केसीले पानीले पूरै कार्यालय जलमग्न भएर बाहिर बसेको जनाए ।

स्थानीय उद्यमी चन्द्र खनालले धेरै समयदेखि टोलविकास संस्थाहरुर्ले प्लास्टिकजन्य वस्तु जथाभावी नफाली नालाहरुमा नियमित सरसफाई अभियान चलाएको भए यस्तो क्षति नहुने भन्दै अब सर्तक रहन सुझाएका छन् ।

बुटवलका इन्जिनियर गौतम रौनियारले सोह्रछत्तिस कुलोमा रहेको गेट बन्द भएकाले यति ठूलो समस्या आएको र आफ्नो घर पनि डुबानमा परेको बताएका छन् ।

उद्योगी अशोक कुँवरले आफ्नो उद्योगमा भएको डुबानले ठूलो क्षति भएको बताए । कालिकानगरस्थित शुभनारायणी फर्निचर उद्योगमा रहेको करिब ५ लाखको सबै प्लाइउड नोक्सान भएको उनले बताए । कुलोको पानी सबै फर्केर घरपसलमा पुगेको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले वर्षातकै सुरुमै यस्तो समस्या नाली थुनिएरै भएकाले सचेत रहनुपर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित