दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवललाई

बुटवल । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवल उपमहानगरपालिकाले जितेको छ ।

आज भएको फाइनल खेलमा बुटवल उपमहानगरपालिकाले तिलाेत्तमा नगरपालिकालाई २५-९,२५-८ र २५-१४ काे साेझाे सेटमा हराउदै उपाधि हात पारेको हो ।

प्रतियोगितामा तिलाेत्तमा नगरपालिका उपविजेता बनेको छ भने गैडहवा गाउपालिका तेस्रो र सुद्वाेदन गाउपालिकाले सान्त्वना स्थान प्राप्त गरेको छ ।

उपाधिसँगै बुटवलले नगद ५० हजार,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता तिलाेत्तमाले नगद ३० हजार,तृतीय हुने गैडहवाले नगद २० हजार र सान्त्वना स्थान प्राप्त गरेको सुद्वाेदनले नगद १० हजार प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता उपविजेता,तृतीय,सान्त्वना स्थान प्राप्त गर्ने पालिकाहरूलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे,उपप्रमुख सावित्रा देवि अर्याल,नगर खेलकुद विकास समिति अध्यक्ष बाेनिन पिया लगायतले पुरस्कार,तथा सहभागीताकाे प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा बुटवल सहित रूपन्देहीका ६ पालिकाकाे सहभागीता रहेको कार्यक्रम संयोजकसेरजंग गुरूङले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित