दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

मारबाडी क्रिकेट लिगः जनकपुर र बीरगंजको सहज जित

भैरहवामा जारी चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिग अन्तर्गत समूह ‘बी’ का शुक्रबार भएका दुई खेलमा जनकपुर रोयल्स र बीरगंज ब्लास्टरले सहज जित निकालेका छन् । जनपुरले शिवम् वारियर्स हेटौंडालाई ५७ रन र बीरगंजले लुम्बिनी लायन्स भैरहवालाई ६ विकेटले पराजित गर्दै सहज जित हात पारेका हुन् ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ८९ रनको बलियो योगफल बनायो । उसका लागि हर्ष शर्माले अविजित ५९ रनको योगदान गर्दा राहुल नहरले २९, आकाश मोहन्काले २६ र अनमोल चौधरीले २५ रनको योगदान दिए । बलिङमा हेटौँडाका गौतम शर्मा, आर्यन अग्रवाल, नितेष अग्रवाल र नितान्त जैनले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको हेटौँडाले ७ विकेटको नोक्सानीमा १ सय ३२ रन मात्रै बनायो र हार ब्यहोर्यो । उसका लागि प्रफूल अग्रवालले ५५, शशांक चाननीले २३ र गौतम शर्माले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन र टिम पराजित भयो । बलिङमा जनकपुरका प्रविण अग्रवाल र राहुन नहरले २–२ तथा आषिश सराफ र रागभ मुरारकाले १–१ विकेट हात पारे । खेलमा हर्ष शर्मा म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको बीरगंजले निर्धारित खेलमा १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ४ रन बनायो । उसका लागि राजन केएलले ४० र गौरव अग्रवालले ३२ रन बनाए । बलिङमा लुम्बिनीका दिनेश अग्रवालले ३, शुभम अग्रवाल र किशन शर्माले २–२ तथा राहुल अग्रवाल र सोमेश अग्रवालले १–१ विकेट लिए ।

प्रतिउत्तरमा लुम्बिनीले ७ विकेटको नोक्सानीमा जम्मा ९८ रन मात्रै बनाउन सक्यो र हार व्यहोर्यो । उसका लागि शुभम अग्रवालले ३६, आदर्श कागजीवालले १३ र मनिष गर्गले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीमले सानो लक्ष्य भेट्टाउन सकेन र हार व्यहोर्यो । बलिङमा बीरगंजका राजन केएल, पियुश शर्मा, कृष्ण सोनी र समय रुगंटाले समान १–१ विकेट लिए । खेलमा राजन केएल म्यान अफ द म्याच भए । नेपाल राष्ट्रिय मारबडी युवा संठगन केन्द्रीय समितिको आयोजनामा भइरहेको प्रतियोगितामा यो समूहका खेलहरु शनिबारसम्म मात्रै संचालन हुनेछन् । प्रतियोगितामा १४ टीम सहभागी छन् । यसमध्ये समूह ‘ए’ र ‘सी’ का खेलहरु विराटनगरमा भइरहेका छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने मूलपानी क्रिकेट मैदान काठमाडौंमा हुने आयोजक संस्थाका केन्द्रीय अध्यक्ष मनोजकुमार अग्रवालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित